विश्व रेडियोग्राफी दिवसको अवसरमा भैरहवामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

रुपन्देही खबर , १००  पटक हेरिएको

भैरहवा, मंसिर २३

विश्व रेडियोग्राफी दिवसको अवसरमा भैरहवामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । यु.सि.यम.यस शिक्षण अस्पताल, भैरहवामा ‘रेडियो डायग्नोसिस तथा तथा मेडिकल इमेजिङ्ग विभागको आयोजनामा भैरहवामा ‘हाजिरीजवाफ प्रतियोगिता’ २०२४ सम्पन्न भएको हो । यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवाका ‘रेडियोलोजी विभाग’ प्रमुख तथा मेडिकल सूपरिन्टेन्डेन्ट प्रा.डा.सदनमूखिको सभापतित्वमा भएको कार्यक्रममा अन्तराष्ट्रिय रुपमा रेडियोलोजी अन्तर्गत विकास भएका प्रविधि सम्बन्धमा छलफल, सिकाई, बढि भन्दा बढि विरामी मैत्री र रोगको निदान कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर प्रतियोगिता गरिएको थियो ।

कार्यक्रममा समुह ‘ग’ अन्तर्गत डा. स्वेता गुप्ता, डा.सम्रक्ष लम्साल, डा.सम्झना मेहता, हिमेश्वरी लता चौधरी, मोहनन्द मेहता, राज कुमार ठाकुर र नारायणी अधिकारीको समुह प्रथम भएको थियो भने समुह ‘क’ अन्तर्गत डा. दृष्टि लामिछाने,  डा. अग्नी वाइवा,  डा. महा मुन्नर, विविका कण्डेल, विनिशा अधिकारी, मुना खत्री कार्की, नारायण कुमार चौधरी, राजा बाबु शाहको समुह द्धितीय भएको थियो । समुह ‘ख’ अन्तर्गत डा.नारायण बोहरा, डा।ममता अवस्थी, डा. पुजन बाटाजु, नम्रता चौधरी, गंभिरलाल यादव, रोहित रोय, शिक्षा पोखरेलको समुह तृतीय भएको थियो । कार्यक्रममा विजेता समुहलाई मेडल तथा ट्रफी प्रदान गरी सम्मान गरिएको थियो ।

कृष्ण प्रसाद पोखरेलको संयोजन रहेको कार्यक्रमको सन्चालन दर्शना ढकालले गर्नु भएको थियो । भने कार्यक्रममा प्रा.डा.सन्तोष शाह, उप प्रा.डा.राजकुमार के.सी., उप प्रा.डा.दिपान्जली शर्मा, डा.सन्तोष मिश्रा लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको अनुगमन सह प्रा.डा.सन्जु रावल, डा.वर्दान ओली, डा.कृष्ण थापाले गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२४-१२-०९ , समय : ००:३५:१२ , ३ हप्ता अगाडि