जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण कार्यक्रम भैरहवामा सम्पन्न

रुपन्देही खबर , ११९  पटक हेरिएको

भैरहवा,  मंसिर २३

नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको आयोजनामा शनिबार जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण कार्यक्रम भैरहवामा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले तापक्रम बढ्दै जानु र यसले पार्ने प्रभावका बारेमा सबै सचेत हुनुपर्ने बताउनु भएको छ ।  उहाले वन क्षेत्र जोगाउन र हरियाली बढाएर जलवायु परिवर्तनको असर घटाउन सकिने बताउनु भएको छ ।

कार्यक्रमको सहयोगी संस्था शहरी पूर्व तयारी तथा आपतकालिन प्रतिकार्य प्रवर्द्धन  परियोजना, रुपन्देहीका संयोजक दिवाकर सुवेदीले कार्यक्रममाथि प्रकाश पार्नु भएको थियी भने कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रिय सदस्य महेन्द्र कुमार श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।

रेडक्रस रुपन्देही जिल्ला शाखा सभापति दीपक क्षेत्री न्यौपानेको अध्यक्षता, उपसभापति रुपमा हिराचनको स्वागत तथा मन्त्री रामचन्द्र उपाध्यायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । भने कार्यक्रममा वातावरणका जानकार अनुप खड्काले सहजीकरण गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-१२-०८ , समय : १०:०५:५० , ३ हप्ता अगाडि