माओवादी केन्द्र सिद्वार्थनगर सम्मेलनका लागि सिनपा ११ मा प्रतिनिधि छनोट

रुपन्देही खबर , २७१  पटक हेरिएको

भैरहवा, मंसिर २२

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सिद्वार्थनगरको नगर सम्मेलनका लागि सिनपा वडा नम्बर ११ मा प्रतिनिधि छनौट भेला सम्पन्न भएको छ । माओवादी केन्द्र सिनपा ११ को वडा अध्यक्ष सच्चे राम मल्लाहको अध्यक्षता तथा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य तिर बहादुर राेक्का डार्बिनको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अथिति नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य तिर बहादुर राेक्का डार्बिनले माओबादीले जनयुद्ध लडेर दासत्वको अन्त्य गरी आम नागरिकमा स्वतन्त्रता आएको जानकारी दिनु भएको छ । उहाले देश र जनताहरुको हितमा गरेका कार्यहरु राम्रो भएकै कारण अहिलेको उप निर्वाचनमा जनताहरुले भ्रष्टाचारी गठबन्धन भन्दा माओबादी पार्टी नै ठीक हो भन्दै उप निर्वाचनको नतीजाले प्रमाणित भएको बताउनु भएको छ ।

सिनपा का अध्यक्ष नारायण हमालले तीन तहको सरकार जनयुद्धको उपहार हो बताउदै स्थानीय सरकारको मिलोमतमा भैरहेको भ्रस्टाचार बिरुद्ध खबरदारी गर्नु भएको छ । सिनपाका सचिवालय सदस्य प्रेम बीसीले नगर सम्मेलन ,प्रतिनिधि छनौट र संगठनको बारेमा जानकारी गराउनु भएको थियो ।

सिनपा का नगर सदस्य नेत्री तारा बरालले महिलाको स्वतंत्रता, सरकारमा सहभागिता र महिलाको हक अधिकारको बारेमा जानकारी दिनु भएको थियो । १७ बर्ष देखी एमालेको मजदुर संगठनमा राजनीति गर्दै आउनु भएका राजु कुर्मीले एमाले मजदुरको हितमा ठीक नरहेको भन्दै पार्टी परित्याग गरी माओबादी पार्टीमा प्रबेश गर्नु भएको छ । दिलीप प्रजापतीकाे सन्चालन गर्नु भएको कार्यक्रममा तारा देबी बरालले स्वागत मन्तव्य राख्नु भएको थियो ।


आजको भेलाले नगर सम्मेलनका लागि २३ जना प्रतिनिधि चयन गरेको छ । साथै मांसिर २९ गते हुने नगर सम्मेलन पुस ६ गते हुने नगर सहसचिव दिलीप प्रजापतिले बताउनु भएको छ ।

 

प्रकाशित मिति: २०२४-१२-०७ , समय : १८:५२:४४ , २ हप्ता अगाडि