रुपन्देही खबर , ८१ पटक हेरिएको
भैरहवा , मंसिर २२
सिद्धार्थ उद्योग वाणिज्य सङ्घको आयोजनामा भैरहवामा जारी नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव –२०८१ को आज तेश्रो दिन हो । तेश्रो दिन शनिवार पनि परेकोले अत्यधिक अवलोकनकर्ता महोत्सवमा आउने आयोजकको अपेक्षा छ । महोत्सवको सुरुवाती दुई दिनमा आयोजकले अपेक्षा गरेअनुसारकै अवलोकनकर्ता आएको जनाएको छ ।
आज शनिवार चर्चित दोहोरी गायक गायिका विष्णु सिञ्जाली मगर र कोपिला न्यौपानेको प्रस्तुती रहने आयोजक समिति सदस्य एवं सास्कृतिक कार्यक्रमका संयोजक दिपेन्द्र प्रधानले बताउनु भएको छ । त्यसै गरी बसन्त श्रेष्ठ एण्ड फ्रेन्ड्स ब्याण्डको प्रस्तुती रहने छ । स्थानीय कलाकार हरि नारायण थारूको विशेष कार्यक्रम साथै नृत्य प्रतियोगिता भैरहवा डान्स आइडल कार्यक्रम र बेलुकी ६ बजे पछि डिजे कार्यक्रम हुनेछ । डिजे कार्यक्रममा डिजे पिज्जा एण्ड फ्रेण्डसले प्रस्तुती दिने संयोजक प्रधानले बताउनु भयो ।
प्रकाशित मिति: २०२४-१२-०७ , समय : १२:३३:३३ , ३ हप्ता अगाडि