रुपन्देही खबर , ८५ पटक हेरिएको
भैरहवा, मंसिर १८
रुपन्दीको भैरहवामा यहि मंसिर २० गते देखि पुसको १ गते सम्म सञ्चालन हुने नवौं लुम्बिनी राष्ट्रिय महोत्सवलाई सफल बनाउने राजनैतिक दलका प्रतिनिधिहरुले प्रतिवद्धता जनाएका छन ।
सोमबार महोत्सवको सचिवालयमा आयोजित विशिष्ट सल््लाहकार समिति एवम राजनैतिक दलसंगको बैठक कार्यक्रममा रहेका राजनैतिक दलका प्रतिनिधिहरुले भैरहवा मेला सफल बनाउने बताएका हुन ।
यस्तै गरी सिद्धार्थनगर नगर पालिकाका नगरप्रमुख ईस्तियाक अहमद खाँनले महोत्सवले किसान, उद्योगी व्यापारी सहित आम जनताको पनि मनोबल बढाउने बताउनु भएको छ । उहाले नगर मात्र नभई समग्र जिल्लाकै किसान तथा उद्योगी एवम व्यवसायी यो महोत्सवबाट लाभान्वित हुन सक्ने बताउनु भएको छ । यस्तो आर्थिक मन्दिमा पनि यति भब्य कार्यक्रम आँट्नु चानचुने कुरा नभएको बताउदै उहाले आयोजकलाई धन्यवाद दिनु भएको थियो । नगर प्रमुख खाँनले मेला सफल बनाउन सम्पूर्ण नगरवासीलाईसहयोग गर्न अपील गर्नु भएको छ ।यस्तै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति परशुराम पराजुलीले यस्तो बिषम परिस्थितिमा पनि मेलाको आयोजना गरेकोमा सिद्धार्थ उद्यौग बाणिज्यको प्रंशसा गर्नु भएको थियो । उहाले आर्थिक मन्दिले अहिले देश नै अक्रान्त रहेको समयमा पनि महोत्सवमा उत्साहजनक स्टल बुकिङ्ग भएको सुन्दा खुशी लागेको बताउनु भएको छ ।
उहाले यो समग्र नगरको कार्यक्रम रहेको हुदा यसको सफलता असफलता सम्पूर्ण नगरवासीसंग जोडिने बताउदै महोत्सवलाई सफल बनाउन रास्वपाको तर्फबाट सबै प्रकारको सहयोग रहने प्रतिबद्धता समेत गर्नु भएको छ । कार्यक्रममा सहभागी राष्ट्रिय जनमोर्चा पार्टीका लुम्बिनी प्रदेश उपाध्यक्ष बद्रे आलमले महोत्सवमा हुने सांंस्कृतिक कार्यक्रममा विविधता दिन आग्रह गर्न भएको छ । उहाले स्थानिय दर्शकलाई लक्षित गरि कलाकारहरु बोलाउनु पर्ने धारणा राख्नु भएको थियो । आलमले पनि महोत्सवको सफलता सम्पूर्ण नगरकै सफलता संग जोडिएको जिकिर गर्नु भएको थियोे ।
यसै बिच मेला आयोजक मूल समितिका संयोजक समेत रहेका सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले राजनैतिक दलका जिल्ला स्तरिय नेताले भैरहवालाइ हेपेको गुनासो गर्नु भएको छ । “बुटवलमा यस्तै मेलामा यस्तै प्रकारको भेलामा सबै जिल्ला अध्यक्षहरु उपस्थित हुनुहुन्छ, हामीले समय लिएरै बोलाए पनि एक जना पनि जिल्ला अध्यक्ष आउनुभएन ।” उहाले भन्नु भयो “राजनैतिक दलका जिल्ला स्तरिय नेताहरुको भैरहवालाई हेर्ने दृष्टि परिवर्तन गर्न आग्रह छ ।” श्रेष्ठले भैरहवामा “भैरहवा मण्डप” को आवश्यकता औल्याउदै यसको निर्माणको लागि सबै राजनैतिक दल एक भएर निर्णय गर्न आग्रह गर्नु भएको छ ।
प्रकाशित मिति: २०२४-१२-०३ , समय : १०:४५:२० , १ दिन अगाडि