महेश यादव , ७४ पटक हेरिएको
परासी, मंसिर १८
पश्चिम नवलपरासीमा स्थानिय तहका पशु प्राविधिकहरु संग अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ।भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र नवलपरासीको आयोजना तथा विज्ञकेन्द्र प्रमुख बरिष्ठ मत्स्य विकास निर्देशक श्रवण कुमार चौधरीको अध्यक्षतामा उक्त अन्तरक्रिया कार्यक्रम विज्ञकेन्द्रको सभाहलमा सम्पन्न भएको हो।
अन्तरक्रिया कार्यक्रममा जिल्लाको ७ वटै पालिकाको पशुपंक्षी विकास शाखाबाट प्राविधिकहरुको सहभागिता रहेको थियो।अन्तरक्रिया कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र प्रमुख श्रवण कुमार चौधरीले कार्यालयबाट प्रदान हुने सेवा र पालिकाहरुको समन्वयमा संचालित साझेदार कार्यक्रमहरुको बारेमा जानकारी दिदै आफनो प्रस्तुतीकरण गर्नु भएको थियो।
प्रमुख चौधरीले आफनो प्रस्तुतीकरणमा पशुपंक्षी तथा मत्स्य क्षेत्रमा देखिने समस्या र सोको उपचार तथा सुधारका पक्षलाई कसरी बलिया र भरपर्दाे बनाउने विषयमा निकै चर्चा गर्नु भएको थियो।कार्यक्रममा पशुहरुमा लाग्ने रानीखेत, खोरेत, लम्फी, बर्ड फ्लु, स्वाईन फ्लु, लगायतका रोगहरु र सोको निदानका लागि कार्यालयले गरिरहेको पहल र उपचारका बारेमा समेत जानकारी गराउदै सेवालाई थप प्रभावकारी बनाउन अगामी दिनमा कसरी योजना बनाएर जाने विषयमा पनि छलफल गर्नु भएको थियो।
त्यस्तै कार्यक्रममा पशु रोग अन्वेषण कार्यालय नवलपरासीका प्रमुख डाक्टर भरत काफलेले पनि पशुपंक्षीमा देखा पर्ने रोगहरु र सोको पहिचान तथा परिक्षणका लागि हरपल कार्यालय तयार रहेको जिकिर गर्दै उपचारमा समेत भरपुर सहयोग रहने जानकारी दिनु भयो।पशुपालक किसानहरुको पशुहरुमा कुनै रोगहरु देखिनसाथ रोग फैलिन नदिन र पशुहरुको उपचारका लागि यि सम्बन्धित कार्यालयहरु संग समन्वय सहकार्य गरि अगाडी बढन स्थानिय तहमा कार्यरत पशु प्राविधिकहरुलाई आग्रह समेत गर्नु भयो।
कार्यक्रममा भेटेरिनरी अस्पतालका पशु चिकित्सक डाक्टर विभुती सिंहले यस कार्यालयबाट नियमित रुपमा भेक्सिन तथा उपचार सेवा प्रदान भैरहेको जानकारी दिदै कार्यालयबाट संचालित डोर टु डोर, विभिन्न पशु स्वास्थ्य शिविर र भेक्सिनेशनको कार्यक्रम समेतमा सघाउन सहभागीहरुमा आग्रह गर्नु भयो।
अन्तरक्रिया कार्यक्रममा विज्ञकेन्द्रका पशुसेवा अधिकृत सुरेश प्रसाद मिश्रा, विज्ञकेन्द्रकै प्राविधिक सहायक निर्मला गिरी लगायतले मन्तब्य राख्दै कार्यालयको कार्यक्रम तथा योनजाहरुमा हातेमालो गरि अगाडी बढने प्राविधिकहरुलाई आग्रह गर्नु भयो।अन्तरक्रिया कार्यक्रममा ७ वटै पालिकाको गरि दुई दर्जन बढि प्राविधिकहरुको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी प्राविधिकहरुले आ–आफनो पालिकाको पशु शाखाबाट संचालित कार्यक्रमहरुको जानकारी दिदै विज्ञकेन्द्र संग प्राविधिक सहयोगको अपेक्षा राखेका थिए।
प्रकाशित मिति: २०२४-१२-०३ , समय : १०:०१:०४ , १ दिन अगाडि