रुपन्देही खबर , १४७ पटक हेरिएको
भैरहवा, मंसिर १८
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सिद्वार्थनगरको नगर अधिवेशनका लागी प्रतिनिधी छनोट भेला सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ मा भएको भेला माओवादी केन्द्र सिनपा १ का वडाअध्यक्ष बब्लू मुसलमानको अध्यक्षता तथा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य तिर बहादुर रोक्का डार्बिनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उहाले अहिलेको सरकार भ्रष्टाचारी जोगाउन बनेको गठबंधन भएकोले जसले देश र जनता दुबै खतरामा रहेको बताउनु भएको छ । उहाले अहिले स्थानीय निकायमा भएको भ्रष्टाचार, युवा बेरोजगारी, शिक्षाको उचित ब्यवस्थापन, लालपुर्जा, सुकुम्बसीको बिषयमा जानकारी गराउदै जनताहरुको समस्यामा सहभागी हुन सम्पूर्ण नेता तथा कार्यकर्तालाई अपील गर्नु भएको छ ।
यस्तै गरी सिद्धार्थनगरका इन्चार्ज फैज अहमद खानले गरीब तथा बिपन्न बर्गको अधिकार माओबादीले स्थापित गरेको र यसको रक्षाका निम्ति सम्पूर्ण आम जनसमुदाय सचेत हुनु पर्ने बताउनु भएको छ । यस्तै गरी सिनपाका अध्यक्ष नारायण हमालले एमाले र काँग्रेसका नेता कार्यकर्ताले नै यो सरकार भ्रष्टाचारीहरुको संरक्षण गर्न बनाइएको गठबंधन भएको आलोचना चौतर्फी भैरहेको बताउनु भएको छ ।
यस्तै गरी सिनपाकी उपाध्यक्ष कमला थापाले स्थानीय सरकारमा महिलाको सहभागिता र भुमिकाको बारेमा जानकारी गराउनु भएको छ ।
लक्ष्मण सुनारले सन्चालन गर्नु भएको कार्यक्रममा केशव कुँवरले स्वागत मन्तब्य राख्नु भएको थियो । सोमबार भैरहवामा भएको भेलाले नगर सम्मेलनका लागि २१ जना प्रतिनिधि छनोट गरेको छ । साथै मांसिर २९ गते हुने भनिएको नगरसम्मेलन पुस ६ गते हुने नगर सहसचिव दिलीप प्रजापतिले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२४-१२-०३ , समय : ०९:४१:५२ , १ दिन अगाडि