उर्मिला यादव यात्री , ९७ पटक हेरिएको
भैरहवा, मंसिर १८
हाम्रो आह्वान मानव बेचबिखन बिरुद्धको अभियान भन्ने मुल नाराका साथ शान्ति पुर्नस्थापना गृह सिनपा १ बेलहिया रुपन्देहीले सोमबार आ.ब.२०८० र ८१ मा संचालित कार्यक्रमहरुको बार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । शान्ति पुर्नस्थापना गृहका संस्थापक अध्यक्ष शान्ता सापकोटाको अध्यक्षता तथा जिल्ला समन्वय समिती रुपन्देहीका प्रमुख उमाकान्त चपाईको प्रमुख आतिथ्यतामा सिनपा १ बेलहियामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला समन्वय समिती रुपन्देहीका प्रमुख चपाईले रुपन्देही जिल्ला भारतिय सिमा संग जोडिएकोले मानव बेचबिखन तथा ओसापसारको उच्च जोखिममा रहेकोले सामाजिक संघसंस्थाको मात्र दायित्व नभइ सबै हातेमालो गर्दै यसको निराकरण तर्फ लाग्नुपर्ने बताउनु भएको छ । उहाले रुपन्देहीमा मानव बेचबिखन तथा मानव तस्करी रोक्नका लागी यहाका स्थानिय,बेलहियाका बिभिन्न संघसंस्था, सरोकारवाला निकाय लगायत सबैले आफना दायित्व निर्वाह गर्नुपर्ने जोड दिनु भयो ।
उहाले स्थानिय तहले बिभिन्न किसिमका सिप बिकासका तालिमहरु संचालन गर्दै आएकोले जोखिममा रहेका महिला तथा बालबालिकाहरुलाई यसमा जोडन सकिने बताउनु भएको छ । उहाले रुपन्देही जिल्लालाई नमुना जिल्ला बनाउनका लागी जिल्ला समन्वय समिती पनि क्रियासिल भएर काम गर्दै आएको उल्लेख गर्नु भयो । उहाले १६ वटै स्थानिय तहमा कस्तो किसिमको समस्या छ सो सहित तथ्यांक उपलब्ध भएमा मात्र जोखिममा रहेका बालबालिकाहरुलाई पालिकासंग समन्वय गरी आवश्यक सिपमुलक कार्यक्रमहरुमा जोडन सकिने उल्लेख गर्नु भयो ।
शान्ति पुर्नस्थापना गृहका संस्थापक अध्यक्ष शान्ता सापकोटाले धेरै मानवबेचबिखनको जोखिममा परेका महिला तथा बालबालिकाको उद्धार गर्नु नै आफनो पहिलो मिसन र भिजन भएको बताउनु भएको छ । उहाले देशको मुख्य समस्या नै बेरोजगारी रहेको बताउदै अर्काे तिर कानुन हुदा हुदै पनि कार्यान्वयन पक्ष फितलो भएको बताउनु भएको छ । उहाले अब मानव बेचबिखनका जघन्य अपराधका बिषयहरु पाठयपुस्तकमा राख्नु पर्ने बताउनु भएको छ । उहाले नेपाली चेलीहरुलाइ राम्रो कामको प्रलोभन देखाइ स्कीन ड्राफट ,मनी ट्रान्र्सफर, हातहतियार ओसार पोसारका लागी मानव तस्करी गरिरहेको उल्लेख गर्नु भयो । उहाले मानव बेचबिखन एक्लैले निर्मुल गर्न नसक्ने भएकोले यसमा राज्य लाग्नुपर्ने बताउनु भयो ।उहाले महिलाले हक अधिकार पाए मात्र केही गर्न सक्ने उल्लेख गर्दै स्थानिय तहले सिपमुलक तालिम दिएर रोजगारी संग जोडन सके पनि केही हद सम्म मानव बेचबिखनका घटनामा कमी आउन सक्ने उल्लेख गर्नु भयो । यो अभियान ग्रासरुट लेबलबाट नै सुरुवात गर्नुपर्ने बताउनु भयो ।
शान्ति पुर्नस्थापना गृह सिनपा १ बेलहियाका प्रमुख नितेश चौधरीले गृहले गरेका काम र प्रगति बिवरणबारे जानकारी दिदै गृहले आ.ब. २०८० र ८१ मा २७० जनालाई उद्धार गरेको बताउनु भएको छ । उहाले ११ देखी १५ बर्षको उमेर समुहका २८, १६देखी १० उमेर समुहका ३५, १८ देखी २५ बर्ष सम्मका १२० जना, २६ देखी ३० बर्ष उमेर समुहका ४७, ३० बर्ष भन्दा माथिका ४० जना गरी २७० जनालाई उद्धार गरिएको जानकारी दिनु भएको छ । यस्तै गरी गृहले १० हजार ७ सय ९१ जना महिला, किशोरी तथा बालबालिकाहरुलाई मानव बेचबिखन तथा ओसारपसार बिरुद्धमा सुचना तथा परार्मश सेवाप्रदान गरिएको समेत बताउनु भएको छ । शान्ति पुनस्र्थापना गृह सिनपा १ बेलहियाका प्रमुख चौधरीले तीन जनालाई भारतबाट उद्धार गरी स्वदेश फिर्ता पश्चात पारिवारिक पुर्नमिलन गराउनुका साथै उद्धार गरी ल्याइएका मध्ये ५ जनालाई सिपमुलक तालिमका लागी अन्य संस्थामा पठाइएको समेत जानकारी दिनु भएको छ । उहाले २ वटा मुद्धा दर्ता भएकोमा एउटा मानव बेचबिखन तथा ओसारपसार र अर्काे जबरजस्ती करणीको रहेको बताउनु भएको छ । उहाले गृहले सिमा निगरानी कार्यक्रम, सचेतनामुलक कार्यक्रम, क्षमता अभिबृद्धि कार्यक्रम , उद्धार पुर्नस्थापना तथा पुर्नमिलन कार्यक्रम , भारतबाट समेत उद्धार, तथा आवधिक गृह संचालन गर्दै आएको समेत बताउनु भएको छ ।
शान्ति पुर्नस्थापना गृहका राष्ट्रिय उद्धार संयोजक भुमीराज भटटराईको स्वागत तथा संचालन रहेकोे कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख मुकेश न्यौपाने, सिद्धार्थनगर नगरपालिका सामाजिक बिकास शाखा प्रमुख लक्ष्मण गिरी, राष्ट्रिय मानव अधिकार अधिकृत अजित ठाकुर , सशस्त्र प्रहरी नायब उपरीक्षक चन्द्र कुमार थापा लगायतले आ आफनो भनाइ राख्नु भएको थियो । कार्यक्रममा रुपन्देहीको महिला सेल प्रमुख अमृता के.सी., गैसस महासंघ रुपन्देहीका उपाध्यक्ष समिता मल्ल, भिम अस्पताल नसिंग प्रमुख साबित्री यादव, सिद्धार्थनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख कौशल्या चौधरी, सुचक अनुसन्धानका कृष्ण भटटराई, पोषण राज शर्मा लगायत सरोकारवाला निकाय तथा बिभिन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२४-१२-०३ , समय : ०८:४५:४५ , १ दिन अगाडि