रुपन्देही खबर , ८३ पटक हेरिएको
भैरहवा, मंसिर १७
नेकपा माओवादी केन्द्रका उपमहासचिब पुर्ब अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरले भैरहवामा माओवादीका नेता तथा कार्यकर्ता बिच भेटघाट गर्नु भएको छ । नेकपा माओबादी केन्द्र सिनपा नगर कमिटीका अगुवा, नेता कार्यकर्तालाई सम्बोधन गर्दै शर्माले वडा कमिटीको अधिवेशन छिटै गर्न आग्रह गर्नु भएको छ । उहाले वडा अधिबेशन पछि बिशेष अधिबेशन गर्दै पार्टीलाई संगठित रूपमा मजबुत बनाउने बताउनु भएको छ ।
शर्माले सबिधानको रक्षा, प्राप्त भएका उपलब्धिहरूको रक्षा, सुशासन,बिकास र समृद्धिको योजना, युवा रोजगारी लगायतका विषयमा जानकारी गराउदै माओबादीको नितिले मुलुक चलिरहेको उल्लेख गर्नु भयो । उहाले नेतृत्व पनि हामीले गर्न सके मात्र मुलुक समृद्ध हुने जोड दिनु भयो ।
माओवादी केन्द्रका उपमहासचिब रहनु भएको शर्माले जनतामा माओबादीको राम्रो छाप रहेकोले माओबादी सत्ता भन्दा पनि जनतातिर फर्किएको उल्लेख गर्दै सबै नेता कार्यकर्तालाई बिश्वासका साथ जनताको सेवामा लाग्न आग्रह गर्नु भएको छ ।
प्रकाशित मिति: २०२४-१२-०२ , समय : १९:४७:२२ , २ दिन अगाडि