रुपन्देही खबर , १६२ पटक हेरिएको
भैरहवा, मंसिर १७
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सिद्वार्थनगर सम्मेलनका लागी वडा नम्बर २ मा प्रतिनिधि छनौट भेला सम्पन्न भएको छ । माओवादी केन्द्र वडा २ का अध्यक्ष भगवती प्रसाद भरको अध्यक्षता तथा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य तिर बहादुर रोक्का डार्बिनको प्रमुख आतिथ्यतामा प्रतिनिधि छनोट भेला सम्पन्न भएको हो । प्रमुख अतिथी रोक्काले देशमा सुसासन बिकाश र समृद्धि ,संविधानको रक्षा, संविधानबाट प्राप्त उपलब्धिको रक्षाका बिषयमा जानकारी गराउदै जसको नीति उसको नेतृत्व भए मात्र मुलुक समृद्ध हुने बताउनु भएको छ । माओवादी केन्द्र सिद्धार्थनगरका अध्यक्ष नारायण हमालले पार्टीको अगामी योजना ,प्रतिनिधिको भूमिका र नगर सम्मेलनको बारेमा जानकारी गराउदै देशको ब्यवस्था परिवर्तन भए मात्र जनताहरुको अवस्था परिवर्तन गर्न सकिने बताउनु भएको छ ।
उहाले पार्टीका नेता कार्यकर्ताहरुलाई जनताहरुको सेवामा लाग्न आग्रह गर्नु भएको छ । सिद्धार्थनगरका सह सचिव दिलिप प्रजापतिको सन्चालन तथा दीपक थापाको स्वागत मन्तब्य रहेको भेलामा नगर सम्मेलनका लागि २३ जना प्रतिनिधि चयन गरेको छ । साथै मंसिर २९ गते हुने नगरसम्मेलन पुस ६ गते हुने दिलीप प्रजापतिले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२४-१२-०२ , समय : ११:३३:१३ , २ दिन अगाडि