माओवादी केन्द्र सिद्वार्थनगर सम्मेलनका लागी सिनपा ३ मा प्रतिनिधि छनोट भेला सम्पन्न

रुपन्देही खबर , ९७  पटक हेरिएको

भैरहवा, मंसिर १७

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सिद्वार्थनगरको नगर सम्मेलनका लागी सिनपा वडा नम्बर ३ मा प्रतिनिधि छनौट भेला सम्पन्न भएको छ । सिनपा माओवादी केन्द्र वडा नम्बर ३ का अध्यक्ष खुर्सीद खानको अध्यक्षता तथा नेकपा माओबादी केन्द्र निर्वाचन क्षेत्र ३ क का संयोजक मनीष कुमार जोशीको प्रमुख आतिथ्यतामा प्रतिनिधि छनौट भेला सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी जोशीले अहिलेको सरकार भ्रष्टाचारमा लिप्त रहेकाले देशको संविधान, संघीयता र गणतन्त्र नै खतरामा रहेको बताउनु भएको छ । उहाले देशमा सुसासन, बिकाश र समृद्धि ,संविधानको रक्षा, संविधानबाट प्राप्त उपलब्धिको रक्षा लगायतका बिषयमा जानकारी गराउनु भएको थियो ।

सिनपाका उपाध्यक्ष कमला थापाले माओबादीले जनपक्षीय कार्य गरेको र अहिले जनताहरुको रोजाई माओबादी भएको हुदा सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई जनताहरुको सेवामा लाग्न आग्रह गर्नु भएको छ । माओवादी केन्द्र सिनपाका सचिव केशव कुँवरले हाम्रो पार्टी सत्तामा होइन अब जनताहरु तिर फर्किएको बताउदै प्रतिनिधि र नगर सम्मेलनका बारेमा जानकारी गराउनु भएको थियो । तारा देबी बरालले संचालन गर्नु भएको कार्यक्रममा कार्यक्रममा प्रेम बिसीले स्वागत मन्तब्य राख्नु भएको थियो ।े भेलाले नगरसम्मेलनका लागि २४ जना प्रतिनिधि चयन गरेको छ । साथै मंसिर २९ गते हुने नगरसम्मेलन आउदो पुस ६ गते हुने केशव कुँवरले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२४-१२-०२ , समय : १०:४१:०५ , २ दिन अगाडि