श्री पश्चिम पहुनी मा.बि.मा नवनिर्मित ६ कोठे भवनको समुद्घाटन तथा छात्रवृत्ति वितरण

उर्मिला यादव यात्री , १२३  पटक हेरिएको

भैरहवा, मंसिर १५

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ पुर्व पहुनीमा अवस्थित श्री पश्चिम पहुनी माध्यमिक विद्यालयको नवनिर्मित ६ कोठे भवन समुद्घाटन तथा छात्रवृत्ति वितरण कार्यक्रम शुक्रबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष खुम बहादुर थापाको अध्यक्षता तथा नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा नवनिर्मित ६ कोठे भवनको समुद्घाटन तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको हो ।


नवनिर्मित ६ कोठे भवनको समुद्घाटन तथा छात्रवृत्ति वितरण गर्दै प्रमुख अतिथी पौडेलले तिलोत्तमा नगरपालिकाको समग्र विकासका लागी तीनै तहका सरकारले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ । उहाले अझै पनि तिलोत्तमा नगरपालिकामा धेरै कामहरु गर्न बाकी नै रहेको बताउदै तिनै तहका सरकारले बजेट विनियोजन गरी काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ ।

उहाले तिलोत्तमा नगरपालिकाको वडा नम्बर ६ को गोलकटवा पश्चिम पहुनीको तिनाउ नदीमा पुल निमार्णको लागी अध्ययन र डिपिआरको काम सकिएको जानकारी गराउदै आवश्यक बजेट बिनियोजन गरी छिटटै काम सुरु गर्ने बताउनु भएको छ । उहाले यस्तै गरी पश्चिम पहुनी देखी बेथरी सम्मको पक्की पुल निमार्ण गर्नुपर्ने जनताको मागलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ । यस्तै गरी आनन्दबन स्वास्थ्य चौकीमा १५ शैयाको अस्पताल निमार्णको काम सुरु गरेको जानकारी दिदै अस्पताल छिटटै बन्ने आश्वासन समेत दिनु भएको छ ।


उहाले कुन्जलापुरमा एउटा राम्रो पार्क बन्ने सम्भावना भएकोले रात्रीकालिन मनोरन्जन पार्कमा बिकसित गर्न सकिने भएकोले वडा नम्बर ६ का बिभिन्न योजना तथा बिकासका कामहरुमा जनताको धेरै अपेक्षा र माग भएकोले यसका लागी पनि तिनै तहका सरकारले काम गर्ने बिश्वास दिलाउनु भएको छ । उहाले तिलोत्तमा नगरपालिकाको वडा नम्बर ६ मात्र नभइ तलोत्तमा नगरपालिका लगायत समग्र रुपन्देही जिल्लालाई नै प्राथमिकतामा राखेर देशको नमुना जिल्ला बनाउने लक्ष्य रहेको उदघोष गर्नु भयो ।

उहाले भैरहवामा रहेको गौतम बुद्ध अन्तराष्ट्रिय बिमान स्थल चल्छ कि चल्दैन भन्ने जनताको आशंकालाई मेटेको र चल्न सुरु भएको बिमानस्थललाई राम्रो संग संचालन गर्ने बताउनु भएको छ । उहाले अब पर्यटकहरुलाई सजिलै लुम्बिनीमा भित्राउन सक्ने बताउदै यसले अरु क्षेत्रको बिकासमा योगदान पुग्ने बताउनु भएको छ ।


यस्तै गरी तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणले भुगोलको आधारमा शिक्षाबाट बन्चित गर्न नहुने बताउनु भएको छ । उहाले प्रदेश , संघ तथा स्थानिय सरकारले शिक्षामा धेरै लगानी गरेको बताउदै शिक्षा क्षेत्रमा सामुदायिक बिद्यालयमा धैरै प्रगति भएको बताउनु भएको छ । उहाले तिलोत्तमा नगरपालिकामा आफु निर्वाचित भैसकेपछि शिक्षामा लगानी गर्नुपर्ने सोचका साथ सामुदायिक बिद्यालयमा अध्ययन गर्ने बिपन्न सामुदायका बिद्यार्थीहरुलाई संघिय सरकारले दिवा खाजामा दिदै आएको १५ रुपैयामा १० रुपैया थपेर २५ रुपैया दिदै आएको बताउनु भएको छ । उहाले तिलोत्तमा नगरपालिकाका सामुदायिक बिद्यालयमा कक्षा ६ सम्म दिवा खाजा दिदै आएको उल्लेख गर्दै उहाले सामुदायिक बिद्यालयमा दिवा खाजाले गर्दा बिद्यार्थीहरुको संख्या बढदै गएको बताउनु भएको छ । नगरप्रमुख खांणले नगरपालिकाले छात्रवृत्तिकोषको स्थापना गरेकाले ५ हजारका दरले १ सय ५२ जना बिद्यार्थीहरुलाई छात्रवृत्तिका प्रदान गर्दै आएको समेत बताउनु भएको छ । उहाले तिलोत्तमा नगरपालिकाले शिक्षाको क्षेत्रमा फडको मारेको बताउनु भएको छ । उहाले लुम्बिनी प्रदेशको मानव सेवा आश्रम तिलोत्तमा नगरपालिकामा स्थापना हुनु नै गौरवको बिषय भएको बताउदै यसरी तिलोत्तमाको बिकासका लागी नगरपालिका दिनरात खटिएको उल्लेख गर्नु भयो ।

यस्तै गरी लुम्बिनी प्रदेश सांसद तथा पुर्व मुख्यमन्त्री तथा रुपन्देही क्षेत्र नं २ क का सभासद लिला गिरीले आफनो निर्वाचन क्षेत्रमा रहेको बिद्यालयको बिकासका लागी लगानी गर्न पाउदा खुसी लागेको बताउनु भएको छ । उहाले परम्परागत रुपमा चल्दै आएको बिद्यालयको पठनपाठनको पद्धती समयानुकुल परिर्वतन गर्दै लैजानुपर्ने बताउनु भएको छ ।

उहाले शिक्षा पद्धतीलाई ब्यवसायिक रुपमा बिकास गर्दै अन्र्तराष्ट्रिय रुपमा जनशक्ति उत्पादन गर्ने किसिमका हुनुपर्ने बताउदै यस विद्यालयको बिकासका पक्षमा आफुले सधै सहकार्य र साथ दिने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ ।

यस्तै गरी बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष खुम बहादुर थापाले बोल्दै बिद्यालयले शैक्षिक गुणस्तरमा गति लिएको बताउनु भएको छ । उहाले पश्चिम पहुनीमा अध्ययनरत बिद्यार्थीहरु शिक्षाबाट बन्चित हुन नपरोस भन्दै ब्यवस्थापन समितीले बिभिन्न पहलकदमीका साथ काम गर्दै आएको उल्लेख गर्नु भयो । उहाले संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारबाट पाएको निरन्तर सहयोगले नै बिद्यालय यहा सम्म आएको बताउनु भयो ।

यस्तै गरी बिद्यालयका प्रध्यानाध्यापक दुर्गा नारायण श्रेष्ठले आ.ब. २०७७र७८ मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत केन्द्रबाट १८ लाख , आ.ब. २०७८र७९ मा लुम्बिनी प्रदेश सरकारबाट २० लाख रुपैया गरी ३८ लाख रुपैया र आन्तरिक स्रोतबाट तीन लाख ५० हजार रुपैया लगानी गरी भवनको निमार्ण गर्न सफल भएको बताउनु भएको छ । उहाले बि.स. २०७६ सालमा स्थापना भएको यस बिद्यालयले भौतिक रुपमा मात्रै नभइ शैक्षिक गुणस्तरमा समेत धेरै प्रगति गरेको बताउनु भएको छ । उहाले अहिले बिद्यालयमा चार सय ५० जना बिद्यार्थीहरुले अध्ययन गर्दै आएको बताउनु भएको छ । उहाले बिद्यालयमा कक्षा ९ सम्म अंग्रेजी माध्यममा अध्यापन हुदै आएको जानकारी दिनु भएको छ ।

कार्यक्रममा कक्षा र्नसरी देखि कक्षा १२ सम्म अध्ययन गर्ने गरिव, जेहेन्दार तथा परीक्षामा प्रथम भएका बिद्यार्थीहरु गरी ६० जनालाई छात्रवृत्ति प्रदान गरिएको थियो । भने बिद्यालयमा अक्षय कोष स्थापना गरेका दाताहरुलाई समेत सम्मान गरिएको थियो ।

बिद्यालयको शिक्षिका इन्दिरा गिरीले संचालन गर्नु भएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाको उपप्रमुख जागेश्वरी देवी चौधरी, तिलोत्तमा नगरपालिकाका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख माधव बन्जाडे, तिलोत्तमा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख, उपसचिव गंगाराम आचार्य ,तिलोत्तमा नगरपालिका वडा नम्बरं ६ का वडाअध्यक्ष गणेश पाठक, छात्रवृत्ति अक्षय कोषका पदाधिकारीहरु तथा प्रतिनिधी, विद्यालयका सह प्राध्यापक पुण्य प्रसाद बगाले , इग्लिंस मिडियमका कोर्डिनेटर दुर्गा नारायण दत्त, बिद्यालयका शिक्षक शिक्षिका, बिद्यार्थी, अभिभावक, समाजसेवी, वडावासी, सरोकारवाला निकाय लगायत बिभिन्न संघसंस्थाका पदाधिकारीहरुको समेत सहभागीता रहेको थियो ।

प्रकाशित मिति: २०२४-११-३० , समय : २०:०५:०० , ४ दिन अगाडि