कबिता : सिपाही

गोबिन्द राज ओझा (राजन ) , ४१  पटक हेरिएको

डोटी, मंसिर ११
जागौ अब सिपाही उज्यालो भइसक्यो
यो जमीन ,यो धर्तीको शान सिपाही आउनुपर्यो
शत्रुलाई यो देश बाट लखेटनु छ
यो देशको पहिचान बचाउनु छ
समय गुमाउनु ठिक होईन छिटो आउनुपर्छ
नेपाल आमाको दुश्मनलाई यहाँ बाट लखेटनु पर्छ
ईमानदारि र अनुशासित सिपाही आफै हुन्छ
शत्रुले जाल फिजाउछ उसमा उ आफै पर्छ
मातृभुमिलाई कुनै चोट पुग्नु हुदैन
धर्ती मा लाई हामीले भुल्नु हुदैन
मृत्युुलाई सामुन्ने देखेर सिपाही मुस्कुराउछ
यो धर्ती ,यहि माटाेमा दिल लगाउछ
देशको लागि उ हासी हासी मर्न तयार छ
यस धर्तीमा एक  अलग्गै महसुस हुन्छ
देश भक्तिको प्यास छ यो माटाेमा
मर्ने बेला जय मातृभुमी नेपाल आउँछ मुखमा
जागौ अब सिपाही उज्यालो भइसक्यो
यो जमीन ,यो धर्तीको शान सिपाही आउनुपर्यो
शत्रुलाई यो देश बाट लखेटनु छ
यो देशको पहिचान बचाउनु छ
लेखक : गोबिन्द राज ओझा (राजन )

प्रकाशित मिति: २०२४-११-२६ , समय : २०:११:०९ , २ घन्टा अगाडि