१३ किलो भन्दा बढीकोे गाँजा सहित नवलपरासीमा एक महिला पक्राउ

रुपन्देही खबर , ७४  पटक हेरिएको

नवलपरासी, मंसिर ११

पश्चिम नवलपरासीमा १३ किलो ८ सय ८० ग्राम गाँजा सहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिका वडा नंम्बर १२ पचगावा बस्ने ५० बर्षिय रेसमा देवी भर रहेकी छिन । प्रहरीका अनुसार भरको घरमा लागु औषध बिक्री वितरण हुने गर्दछ भन्ने सूचनाको आधारमा शुक्रबार प्रहरीले खानतलासी गर्दा उनको कोठा भित्र जेब्रा झोलामा राखिएको १३ किलो ८ सय ८० ग्राम गाँजा जस्तो देखिने पदार्थ लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको हो । बरामद भएको गाजा र रेसमा देवी भरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी तथा प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२४-११-२६ , समय : २०:००:३४ , २ घन्टा अगाडि