रुपन्देही खबर , ५४ पटक हेरिएको
तिलोत्तमा, मंसिर ११
रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले रुपन्देहीलाई तस्करी रहित जिल्ला बनाउने अटोठका साथ काम गरिरहेको बताउनु भएको छ । जिल्लाका राजनीतिक दल, निजी क्षेत्र र सामाजिक संघ संस्थाको साथ र सहयोग मिले रुपन्देहीलाइ तस्करी मुक्त बनाउन सम्भव रहेको उहाले बताउनु भएको छ ।
तिलोत्तमा उद्योग वाणिज्य संघले प्रजिअको सम्मानमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै प्रजिअ घिमिरेले यसका लागि आफुले शुन्य सहनसिलताको नीति अवलम्वन गर्ने बताउनु भएको छ । आफ्नो कार्यकालमा ब्यापारिक र ब्यवसायिक क्षेत्रमा धमिलोपन आउन नदिने प्रतिबद्दता जनाउदै उनले पेशागत मर्यादा भित्र रहेर प्शा ब्यवसाय ढुक्कसँग सन्चालन गर्न आग्रह गर्नु भएको छ ।
तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले प्रमुख जिल्ला अधिकारीको अभियानमा सबैको साथ र सहयोग रहने बिश्वास दिलाउनु भएको छ । उहाले अन्तर्राष्ट्रिय उडान सङ्गै यस क्षेत्रका होटेल रेष्टुरेन्ट रातभर सन्चालन हुनु पर्ने भन्दै प्रहरी प्रशासनलाई भरपर्दाे शान्ति सुरक्षाको प्रवन्ध मिलाउन आग्रह समेत गर्नु भएको छ । तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले तिलोत्तमामा निजी क्षेत्रको अग्रणी सस्था यस संघले यश क्षेत्रका उद्योगी ब्यवसायीलाइ संगठित गर्दै पेशागत हकहितका लागि काम गर्दै आएको बताउनु भएको छ ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सुरज पङ्गेनी, सल्लाहकार चन्द्रमान श्रेष्ठ, महासचिव राजकुमार पान्डे लगायतले ढुक्कसँग पेशा ब्यवसाय गर्ने वातावरण निर्माणका लागि पहल गरिदिन आग्रह गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२४-११-२६ , समय : १९:४७:३६ , ३ घन्टा अगाडि