मानव अधिकार तथा शान्ति समाज रूपन्देहीद्धारा  मानवसेवा आश्रमका बालबालिकालाइ सहयोग 

रुपन्देही खबर , ३२  पटक हेरिएको

बुटवल,मंसिर ६
मानव अधिकार तथा शान्ति समाज रूपन्देही द्धारा ३५औं अन्तराष्ट्रिय बालअधिकार दिवसकाे अवसरमा मानवसेवा आश्रम लुम्बिनी प्रदेश रुपन्देही तिलाेत्तमा सेवा केन्द्रका बालबालिकालाइ सहयोग गरेकोछ।   मानवसेवा आश्रममा आश्रीत एक बर्ष देखि १४ बर्ष सम्मका १७ जना बालबालिकाको लागि न्यानो कपडा, पठनपाठन तथा खेलकुदका सामाग्रीहरु सहयोग हस्तान्तरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तिलाेत्तमा नगरपालिका नगर प्रमुख रामकृष्ण खाडले बालबालिकाको लागि खाना, नाना, छाना  अनिवार्य अधिकार भएको उल्लेख्य गर्दै आफुहरु त्यसको निरन्तर काम गरिरहेको  बताउनुभयो । मानवअधिकार तथा शान्ति समाज रुपन्देही जिल्ला सभापति अर्जुन ज्ञवालीले  बालअधिकार एक नैसर्गिक अधिकार; सुनौलो भविष्यको आधार हो, बालबालिकाको संरक्षण, स्याहारसुसार, कल्याण, व्यक्तित्व विकास र सबल नागरिकका रूपमा खडा गर्न राज्य, समाज र परिवारले निर्वाह गर्नुपर्ने दायित्व नै बाल अधिकारको केन्द्रविन्दु भएको हुदा बालबालिकासँग सम्बन्धित सबै कार्यमा बालबालिकाको सर्वोत्तम हितको सदैव प्राथमिक विचार गरिनुपर्नेमा जोड दिनुभयो।
मानवसेवा आश्रमका सुपरभाइजर प्रेम बहादुर सारुले मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले आफ्नो आश्रमलाइ सम्झिएर बालबालिकाको लागि सहयोग गर्नुभएकोमा आभार व्यक्त गर्नुभएको थियो । कार्यक्रम मानवअधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति अर्जुन ज्ञवालीको अध्यक्षता, उपसभापति कृष्ण पाण्डेको स्वागत,  सहसचिव अर्जुन कुवरको संचालनमा सप्पन्न भएको थियो।
संयुक्त राष्ट्रसंघ महासभाले २० नोभेम्वर १९८९ का दिन बाल अधिकार सम्बन्धी महासन्धि पारित गरेको थियो । यही ऐतिहासिक कदमको स्मृतिमा २० नोभेम्बरलाई अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका रूपमा मनाइन्छ । यो महासन्धिले बालबालिकाहरू को हुन्, उनीहरूका अधिकारहरू के के हुन् र सरकारहरूको जिम्मेवारी के हो भन्ने व्याख्या गरेको छ ।

प्रकाशित मिति: २०२४-११-२१ , समय : २२:१६:४७ , ५ घन्टा अगाडि