रुपन्देही खबर , १२२ पटक हेरिएको
काठमांडौं, मंसिर
काठमांडौं, मंसिर ३
सरकारले पूर्वसभामुख दमननाथ ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गर्ने र उहाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिनु भएको छ ।
मन्त्रिपरिषद्को बैठकले २०४८ सालको प्रतिनिधि सभामा सभामुख रहनु भएको ढुंगानाको निधनमा स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवम सञ्चारमन्त्री गुरूङले जानकारी दिनु भएको छ । सरकारले ढुंगानाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलीसमेत व्यक्त गरेको छ। पूर्वसभामुख ढुंगानाको आजै अन्त्येष्टि गरिँदैछ। उहाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने सञ्चारमन्त्री गुरूङले जानकारी दिनु भएको छ ।
अन्त्यष्टिअघि उहाको पार्थिव शरीर सानो गौचरणमा राखिनेछ । त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च पदस्थ सरकारी अधिकारी, विभिन्न राजनीतिक दलका नेताहरूले श्रद्धाञ्जली अर्पण गर्नेछन । पूर्वसभामुख ढुंगानाको आइतबार दिउँसो २ बजे काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
प्रकाशित मिति: २०२४-११-१८ , समय : १०:०३:३४ , ३ दिन अगाडि