रुपन्देहीमा भन्सार छलीका सामान प्रहरीको नियन्त्रणमा

रुपन्देही खबर , १०५  पटक हेरिएको

भैरहवा, मंसिर ३

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी र पैठारी गरी ल्याउदै गरेको  ४ लाख  १९ हजार पाच सय रुपैया बराबरको अबैध सामान नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत इलाका प्रहरी कार्यालय ओमसतिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले आइतबार जिल्लाको बिभिन्न स्थानहरुमा चेकजाच गर्दा चिनी ८ बोरा, केल्मी हुडी ५९ वटा, लेडिज रेडिमेट उलान कुर्ति ५६ वटा, लेडिज रेडिमेट कुर्ति २२ वटा, लेडिज सुट काचो कपडा २३ वटा, सुति साडी १५ वटा र किराना सामानहरु नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका सामानहरुहरुलाई आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-११-१८ , समय : ०८:५४:५३ , ३ दिन अगाडि