उर्मिला यादव यात्री , १६० पटक हेरिएको
भैरहवा, कार्तिक २९
तराई मधेश कानुन बिद्यार्थी समाजले रोहिणीमा नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रम २०८१ सम्पन्न गरेको छ । कार्यक्रम संयोजक अनिश कुमार यादवको अध्यक्षता तथा रोहिणी गाउपालिकाका अध्यक्ष बिद्या प्रसाद यादवको प्रमुख आतिथ्यतामा श्री रामनरेश यादव आर्दश नमुना मा.बि.रोहीणी ३ धकधईमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उदघाटन गर्दै रोहिणी गाउपालिका अध्यक्ष बिद्या प्रसाद यादवले यस कार्यक्रमबाट बिद्यार्थीहरुले धेरै कुरा सिक्न पाएको बताउनु भएको छ । उहाले सदनमा जसरी कामहरु हुने गर्दछ सोही अनुसार नै बिद्यार्थीहरुले सिक्न र अभ्यास गर्न पाएको बताउनु भयो । उहाले तालिममा सहभागी भएका बिद्यार्थीहरुले सिकेका कुराहरु अभिभावकहरुलाई समेत जानकारी दिन आग्रह गर्नु भएको छ ।
गाउपालिका अध्यक्ष यादवले आफुले गाउपालिका भित्र गरेको कामको निगरानी प्रतिपक्षले नियम संगत गर्नुपर्ने बताउनु भएको छ । उहाले देशको अर्थतन्त्रका कारण रोहिणी गाउपालिकामा सोच जस्तो बिकास गर्न नपाएको बताउदै रोहिणीको बिकासका लागी बनाएको बजेट समेत कटेर आउदा रोहिणीको बिकासमा अवरोध पुगेको समेत उल्लेख गर्नु भयो । उहाले रोहिणीमा शिक्षाको बिकास र उन्नतिको लागी गाउपालिकाले योजना सहित काम गर्नु मात्र नभइ बिद्यार्थीहरुमा लगानी गर्दै आएको बताउनु भयो । उहाले रोहिणी गाउपालिकामा जन्मिएको बालिकाहरुको बालिका बिमा समेत हुदै आएको जानकारी दिनु भएको छ । उहाले रोहिणी गाउपालिकाका स्थानिय जनताको हकहितमा काम गर्दै आएको र भुमिबिहीन जनतालाई लालपुर्जा समेत बितरण गरेको बताउनु भएको छ ।
यस्तै गरी श्री रामनरेश यादव आर्दश नमुना मा.बि.रोहीणी ३ धकधईका प्रध्यानाध्यापक अब्दुल हालिम खानले बोल्दै हरेक ब्यक्तिका लागी कानुन आवश्यक भएको बताउनु भएको छ । उहाले तालिमबाट बिद्यार्थीहरुले धेरै कुरा सिक्न पाएको बताउदै सांसद छान्दा बिकासप्रेमी र जनताको शुभचिन्तकलाई छान्नुपर्ने बताउनु भएको छ । उहाले जुन देशका मतदाताहरु लालची हुन्छन त्यस देशका नेता भ्रष्ट हुने भएकोले केही समयको लालचले राम्रो ठाउमा अनावश्यक ब्यक्ति छनोट नगर्न आग्रह गर्नु भएको छ ।
तराई मधेश कानुन बिद्यार्थी समाजका सचिव अनिल कुमार शाहले नेपालको कानुन सबैले बुझनु र जान्नुपर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरेको बताउनु भएको छ । उहाले संबिधानमा भएको जनताको शक्ति सहि ठाउमा प्रयोग भएको छ कि छैन सो बारे जान्नुपर्ने बताउनु भएको छ । उहाले चुनावमा भोट दिएर निर्वाचित बनाएका जनप्रतिनिधीले सहि काम गरेका छन कि छैनन, जनताको आवाज संसद भवनमा उठेको छ कि छैन सो बारे जानकारी सहित नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण दिएको बताउनु भएको छ ।
यस्तै गरी नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्रीको भुमिकामा रहनु भएको रिना चौधरीले बोल्दै तालिममा धेरै कुरा सिक्न पाएको बताउनु भएको छ । उहाले पार्टी भनेको के हो, निर्वाचत कसरी हुन्छ, निर्वाचन क्षेत्र कस्तो हुन्छ , यस बारेमा धेरै कुरा सिक्न पाएको बताउनु भएको छ । उहाले आगामी दिनमा राजनितीमा आएर समाजमा पनि योगदान पुरयाउन सक्ने बिश्वास लिएको बताउनु भयो ।
यस्तै गरी कार्यक्रममा सहभागी मन्जेश्वर ले बोल्दै तालिमबाट चुनाव प्रक्रियाको बारेमा राम्ररी बुझन पाउनुका साथै धेरै कुरा सिक्न पाएको बताउनु भएको छ । उहाले यो तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नु भएको छ ।
कार्यक्रममा प्रशिक्षक श्याम साहले बिद्यार्थीहरुलाई प्रशिक्षण दिनु भएको थियो । भने नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रम २०८१ प्रधानमन्त्रीको भुमिकामा रिना चौधरी, सभामुखमा र्निमा यादव, प्रतिपक्ष दलको नेतामा प्रतिमा कोहार रहनु भएको थियो । भने उत्कृष्ट अभिनय गरेकोले उहाहरुलाई समेत सम्मान गरिएको थियो ।
यस्तै गरी कार्यक्रममा नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रमका ब्यवस्थापक ओमप्रकाश यादव, संस्थाका सदस्य जयप्रकाश ठाकुर, रोहिणी गाउपालिका वडा नम्बर ५ का वडाध्यक्ष घनश्याम सिंह क्षेत्री, वडा नम्बर ३ का वडाध्यक्ष बिरबहादुर क्षेत्री, श्री रामनरेश यादव आर्दश नमुना मा.बि.रोहिणी ३ धकधईका प्रध्यानाध्यापक अब्दुल हालिम खान, समाजसेवी ओमप्रकाश यादव, पोखरभिण्डी माध्यमिक बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष कान्छा कोहार लगायत १ सय ६० जना बिद्यार्थीहरुको सहभागितामा युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । तराई मधेश कानुन बिद्यार्थी समाजको आयोजना तथा रोहिणी गाउपालिकाको सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २०२४-११-१५ , समय : ०१:४७:२८ , ७ दिन अगाडि