उदाउदो सुर्यलाई अर्घ दिएर यो बर्ष छठ पर्व समापन गरियो

रुपन्देही खबर , १४८  पटक हेरिएको

भैरहवा, कार्तिक २४

रुपन्देहीमा लगायत देशभरका सबै बर्ग समुदायका नागरिकले छठ पर्व मनाएका छन् । यस बर्षको छठ पर्व उदाउदो सुर्यलाई अर्घ दिएर समापन गरिएको छ ।

बिगतका बर्षहरुमा सामन्यतया तराईवासी नागरिकले मनाउदै आएको छठ पर्वलाई यस पटक साझा पर्वको रुपमा मनाएको देख्न सकिन्थ्यो ।  कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मंलबारदेखि सुरु भएको थियो ।

बिहीबार रुपन्देहीका नदी, तलाउ, पोखरीमा अस्ताउँदो सूर्यलाई पूजा गरी अर्घ दिएका हजारौं श्रद्धालुले आज बिहान उदाउदो सुर्यलाई अर्घ दिएर छठको समापन गरेका छन् ।

कुनै समय तराई मधेसका हिन्दु धर्मावलम्बीले मनाउने यो पर्व पछिल्लो समय हरेक क्षेत्र र समुदायले उल्लासपूर्वक मनाउन थालेका छन् । अहिले तराईसहित पहाड र हिमाली क्षेत्रमा पनि छठलाई श्रद्धापूर्वक मनाइने गरिएको छ ।

अहिल यो पर्वप्रति मुस्लिम समुदायका व्यक्तिहरु पनि आकर्षित भएको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले जानकारी दिनु भएको छ ।

यस पर्वको कारणले विभिन्न समुदाय, जात, धर्मका व्यक्तिहरुबीच सद्भाव बढेको छ । छठको असरमा रुपन्देहीको तिनाउ, दानव, घाघरा, रोहिणी नदीसहित तालतलैया र पोखरी सिंगारिएको थियो ।

 

प्रकाशित मिति: २०२४-११-०९ , समय : ०९:०२:१८ , २ हप्ता अगाडि