उर्मिला यादव यात्री , ४५० पटक हेरिएको
भैरहवा, कार्तिक १७
श्री बिन्ध्यवासिनी युवा सेवा समिती सिनपा २ मेउडिहवा रुपन्देहीले श्री मां भगवती जागरण कार्यक्रम सम्पन्न गरेको छ । समितीका अध्यक्ष प्रदिप कुमार बनियाको अध्यक्षता तथा श्री मेउडिहवा आधारभुत बिद्यालयका संस्थापक प्र्रधानाध्यापक ९० बर्षिय उमा देवी शाहीको प्रमुख आतिथ्यतामा शुक्रबार भब्य समारोहका बिच श्री मां भगवती जागरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथी शाहीले शिक्षालाई जोड दिदै छोराछोरी समान भएकोले शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनु भएको छ । उहाले पहिलेको शिक्षा र अहिलेको शिक्षामा धेरै अन्तर भएकोले बालबालिकाहरुले उन्नती गरेको देख्दा आफु एकदमै खुसी भएको बताउनु भएको छ । उहाले बालबालिकाहरुलाई सहि बाटोमा अग्रसर गर्न अभिभावकहरुको भुमिका महत्वपुर्ण भएकोले यस बिषयमा ख्याल गर्न समेत आग्रह गर्नु भएको छ ।
यस्तै गरी सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खां ले बोल्दै समाजमा उदाहरणीय कार्य गरी समाजलाई शिक्षाको दियो बाल्ने अभिभावकहरुलाई सम्मान गर्नुपर्ने बताउनु भएको छ । उहाले धर्मको संरक्षण र रक्षाका लागी आयोजना गरिएको जागरण कार्यक्रममा राम्रो राम्रो ज्ञान भएकोले यसलाई सुनेर अनुसरण गर्न आग्रह गर्नु भएको छ । उहाले सिकेका कुराहरु अनुसरण गरे मात्र समाजमा राम्रो संदेश जान सक्ने उल्लेख गर्नुभएको छ ।
यस्तै गरी कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष छेदीलाल श्रीवास्तवले बोल्दै समितीले माता भगवतीको जागरण कार्यक्रमलाई निरन्तरता दिएकोमा खुसी ब्यक्त गर्नु भएको छ । उहाले यस समितीले समुदायमा बिभिन्न किसिमका कार्यक्रमहरु गर्दै आएको समेत जानकारी दिनु भएको छ । वडाध्यक्ष श्रीवास्तवले आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरण दिदै आफनो धर्म प्रतिको आस्थालाई बचाइ राख्न समेत आग्रह गर्नु भएको छ । भगवान प्रतिको आस्था र श्रद्धाले मनमा शान्ति , सुख समृद्धि मिल्ने भएकोले यस्ता कार्यक्रम समाजमा आवश्यक भएको उल्लेख गर्दै उहाले समाजमा उल्लेखनीय योगदान दिदै आएको यस समितीको बिकासका लागी वडा नम्बर २ को कार्यालयको निरन्तर सहयोग रहने प्रतिबद्धता समेत गर्नु भएको छ ।
यस्तै गरी सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष बिरेन्द्र श्रीवास्तवले धर्मको संरक्षण र रक्षाको लागी आयोजना गरिएको ंमां भगवती जागरण समाजका लागी अति आवश्यक भएको बताउनु भएको छ । उहाले हामीहरु आफनो धर्मको बिरुद्धमा जान नसक्ने बताउदै यसको संरक्षणका लागी एकजुट हुनुपर्ने बताउनु भएको छ ।
कार्यक्रममा समितीका अध्यक्ष प्रदिप कुमार बनियाले बि.स. २०६३ साल देखी नै बिभिन्न धार्मिक क्रियाकलाप गर्दै आएको जानकारी दिनु भएको छ । उहाले यो जागरण हिन्दु धर्मावलम्बीहरुको महत्वपुर्ण परम्परा र संस्कृती भएको बताउनु भएको छ । उहाले आफनो धर्म र संस्कृतीको संरक्षणको लागी मां भगवती जागरणको आयोजना गरेको बताउनु भएको छ । उहाले यो धार्मिक क्रियाकलापमा स्थानियको उल्लेखनीय सहयोग रहेकोले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताउनु भएको छ ।
समितीका सदस्य रामप्रसाद कोहारको स्वागत मन्तब्य रहेको कार्यक्रम संचालन बिशाल श्रीवास्तवले गर्नु भएको थियो । भगवती जागरण कार्यक्रममा भजन गायक कुमार धिरज, सनोज भास्कर ,भजन गायिका रशमिला जी र शिप्लोनीको भजन किर्तन संगै भारतीय कलाकारहरुको बेजोड प्रस्तुती र झाकीको साथमा मां भगवती जागरण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा समाजमा बिभिन्न किसिमका योगदान पुरयाएका ब्यक्तित्वहरुलाई प्रशंसापत्रद्धारा सम्मान समेत गरिएको थियो ।
प्रकाशित मिति: २०२४-११-०२ , समय : १५:०२:२१ , ३ हप्ता अगाडि