रुपन्देही खबर , १७३ पटक हेरिएको
भैरहवा, कार्तिक १४
नेकपा एमाले सिद्धार्थनगर नगरकमिटीको दोस्रो अधिबेशनमा नयाँ नेतृत्वका लागि भएको निर्बाचनमा अध्यक्ष पदमा चक्र बहादुर थापा बिजयी हुनु भएको छ ।
अध्यक्ष पदमा थापाले ८१ मत प्राप्त गरि बिजयी हुनु भएको हो । भने अध्यक्षका अर्का प्रत्याशी थानेश्वर पौडेलले ७९ मत प्राप्त गर्नु भएको थियो । त्यसैगरी उपाध्यक्ष पदमा माया कंडेलले १ सय ४४ मत प्राप्त गरेर बिजयी हुनु भएको छ भने उहाका प्रतिस्पर्धी गोमलाल खदालले १६ मत प्राप्त गर्नु भएको थियो ।
उप सचिब पदमा सरोज ठकुरी १ सय ७ मत प्राप्त गरि बिजयी हुनु भएको छ भने रामदयाल गुप्ताले ५२ मत प्राप्त गर्नु भएको छ ।
सचिबमा उमेश थापा लाटाे मगर निर्बिरोध निर्बाचित हुनु भएको छ भने उप सचिब (महिला) मा इन्दिरा देबी क्षेत्रि निर्बिरोध निर्बाचित हुनु भएको निर्बाचन संयोजक नर बहादुर घर्तीले जानकारी दिनु भएको छ । नेकपा एमाले सिद्धार्थनगरको नगर कमिटीमा ५७ सदस्यीय कमिटी निर्माण भएको घर्तीले बताउनु भएको छ ।
त्यसैगरी लेखा समिति अध्यक्षमा शेष नारायण भण्डारीको नेतृत्वमा ५ सदस्यीय कमिटी निर्बिरोधरुपमा निर्बाचित भएको छ ।नगर अधिबेशनमा १ सय ७० जना मतदाता थिए जसमा १ सय ६१ जनाले मतदान गरेका थिए ।
प्रकाशित मिति: २०२४-१०-३० , समय : ०५:२४:५२ , ३ हप्ता अगाडि