महेश यादव , १८२ पटक हेरिएको
सरावल, कार्तिक १३
नवलपरासी पश्चिमको सरावल गाउँपालिकामा १५ शैयाको आधारभूत अस्पताल बन्ने सुनिश्चित भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरावल गाउँपालिकामा १५ शैयाकाे आधारभूत अस्पतालकाे लागि रु १८ कराेड रुपैयाँ बजेट सुनिश्चित गरेसगै अस्पताल बन्ने पक्का भएको गाउँपालिका अध्यक्ष सुखाडि प्रसाद चाैधरीले जानकारी दिनुभएको छ ।
युक्त अस्पतालका लागि सरावल गाउँपालिका वडा नम्बर ५ धनगढवामा रहेको कित्ता नम्बर २७४ काे जग्गा कार्यपालिका बैठककाे निर्णयले छुट्याइएको गाउँपालिकाकि उपाध्यक्ष बासमति हरिजनले बताउनु भएको छ ।
नेपाल सरकार,मन्त्री परिषदको २०८१ साउन १० गतेको निर्णय अनुसार आधारभूत अस्पताल भवन निर्माणका लागि २ विगाहा ६ कठ्ठा ४ धुर मध्ये ३६ सय ८० वर्ग मिटर प्रयोग गर्न पाउने गरी जग्गा प्राप्त भएकोले साे जग्गामा १५ शैयाकाे आधारभूत अस्पताल बनाउनकाे लागि बजेट सुनिश्चित गरिएको मन्त्रालयका तथ्याङ्क अधिकृत सूर्यबहादुर खड्काले जानकारी दिनु भएको छ ।
भूमि सुधार तथा मालपोत कार्यालय नवलपरासी पश्चिमले गत भदौ २५ गते गाउँपालिकालाई जग्गा उपयोगको प्रमाण पत्र प्रदान गरेको थियो। सरकारले देशभर ३९६ वटा ५ देखि १५ शैथ्याको अस्पताल निर्माणकालागि कुल ५१ अर्व ८४ करोड ५५ लाख ८९ हजार बजेट श्रोत सुनिश्चित भएको जनाएको छ।
प्रकाशित मिति: २०२४-१०-२९ , समय : १४:२७:२४ , ३ हप्ता अगाडि