सन्ताेषकुमार गुप्ता , २६५ पटक हेरिएको
दाङ ,कार्तिक १२
दाङको भालुवाङमा बालिका बलात्कार गरेकाे आराेपमा पक्राउ परेका शसस्त्र प्रहरी जवान रेवन पचभैयामगरले प्रहरीकाे हिरासत कक्ष मै आत्माहत्या गरेका छन् । गत असाेज २४ गते दाङकाे भालुवाङमा बालिका बलात्कार आराेप लागेका सशस्त्र प्रहरी जवान पचभैया मगरले आज बिहान वडा प्रहरी कार्यालय घोराहीकाे हिरासत कक्षकाे शाैचालयमा आत्महत्या गरेका हुन् ।
प्यूठानकाे बडडाँडा घर रहेका सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेटक्वाटर भालुवाङमा कार्यरत सशस्त्र प्रहरी जवान पचभैया मगरले प्रहरी हिरासत कक्षकाे शाैचालयमा आफूले लगाएकाे गन्जी र टिसर्टको पासो लगाएर झुन्डिएर आत्माहत्या गरेकाे जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी इश्वर थापाले जानकारी दिनुभयाे । उनले आज बिहान करिब ५ बजे झुण्डिएकाे अवस्थामा शब फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ । आराेपित पचभैया सहित आर्काे एक जनालाई पनि केही दिन अघि प्रहरीले पक्राउ गरी दाङ-देउखुरी जिल्ला अदालतमा सात दिनकाे म्याद थप गरेर अनुसन्धान अघि बढाएकाे थियाे ।
प्रकाशित मिति: २०२४-१०-२८ , समय : ०९:४९:४९ , ३ हप्ता अगाडि