रुपन्देही खबर , १४९ पटक हेरिएको
भैरहवा, कार्तिक १२
नेपाल सुनचाँदी व्यवसायी संघ रुपन्देहीको सातौं, आठौं र नवौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले गोपाल विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । संस्थाको वरिष्ठ उपाध्यक्षमा मनोज सेन्चुरी, प्रथम उपाध्यक्षमा तिलक विश्वकर्मा, द्वितीय उपाध्यक्षमा सुरज बराल, महासचिवमा सतिश कुमार कौसल (दीपक), सचिवमा भुवन बराल, सुजता गहतराज, कोषाध्यक्षमा सञ्जय सेन्चुरी र सह–कोषाध्यक्षमा जीवन गहतराज निर्वाचित हुनु भएको छ ।
त्यस्तै संघको कार्यसमिति सदस्यहरुमा बलराम सुनार, किरण लामगादे, पदम बहादुर वि.क., माया वि.क., सोम बहादुर गहतराज, दुर्गा बहादुर लोहार, राम बहादुर वि.क., बुद्धि बिनोद घमाल, ठाकुर गौतम र भवानी प्रसाद सोनारलाई चयन भएको र्निवाचन अधिकृत अधिवक्ता पदम कार्कीले जानकारी दिनु भएको छ ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गोपाल रामदाम विश्वकर्माले आउने दिनहरुमा सबैलाई समेटेर अगाडि बढ्दै व्यवसायीको हकहितको निम्ति काम गर्ने प्रतिवद्धता समेत गर्नु भएको छ ।
प्रकाशित मिति: २०२४-१०-२८ , समय : ०७:३१:१४ , ४ हप्ता अगाडि