उर्मिला यादव यात्री , ३४६ पटक हेरिएको
भैरहवा , असार १५
कृषि ,खाद्य प्रबिधि तथा भुमि ब्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले कृषि क्षेत्रको बिकासको लागि किसानहरुको माग अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । कृषि ,खाद्य प्रबिधि तथा भुमि ब्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा भएको सरोकारवाला संजालसंग दुध ,फुल ,माछा ,मासु उत्पादन तथा बजारीकरण सम्बन्धि अन्तर्कृया गोष्ठी रायमाझीले सो कुरा बताउनु भएको हो ।
मंगलबार रुपन्देहीको बुटवलमा भएको गोष्ठीमा रायमाझीले लुम्बिनी प्रदेशको कृषि क्षेत्रमा आमुल परिवर्तन ल्याउने जोड दिनु भएको छ । उहाले आफ्नो मन्त्रालय किसानको पक्षमा रहेर काम गर्ने समेत बताउनु भएको छ ।
गोष्ठीमा दुध र मासुको स्वच्छता तथा गुणस्तर , महत्व र बर्तमान अवस्थाको बारेमा बरिस्ठ खाद्य अनुसन्धान अधिकृत बिमल कुमार दाहालले सहजीकरण गर्नु भएको थियो । उहाले खाद्य स्वच्छता,गुणस्तर ,खाद्य स्वच्छतामा असर पार्ने प्रमुख कारक तत्वहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
उहाले लुम्बिनी प्रदेशमा पोषण अवस्थाको प्रभाव , कानुनि ब्यवस्थाको बारेमा जानकारी गराउदै अनुगमनको कमी र ऎन नियम उल्लंघन भएको पाइएको बताउनु भएको छ । दाहालले लुम्बिनी प्रदेशमा खुल्ला बधस्थल , पुर्वाधारको कमि , दर्ता प्रक्रियामा नआएको र ब्यक्तीगत सरसफाइको समेत कमि रहेको पाइएको बताउनु भएको थियो ।
उहाले दुग्ध प्रशोधन , प्रशोधनको आवश्यकता लगायतको विषयमा जानकारी गराउदै दुधको गुणस्तरमा समस्या भएको बताउनु भएको थियो ।
दुधमा तोकिएको मापदण्ड पुरा नहुने, गन्ध आउने , दुध फाटने , विभिन्न मिसावट ,खुल्ला दुधको बिक्री वितरण, एन नियम मापदण्ड र निर्देशिका उल्लंघन जस्ता समस्या रहेको बताउनु भएको थियो ।
यस्तै गरी कार्यक्रममा सहभागी किसानहरुले किसानहरुको कृषिमा बजेट राख्दा समानुपातिक रुपले वितरण गर्नु पर्ने माग गरेका छ्न । किसानहरुले किसानको उत्पादन अनुसार नै राहत दिनु पर्नेमा जोड दिएका छ्न । येस्तै गरी कृषि कार्यमा आबद्ध हुनका लागि किसानहरुले धेरै कसरत गर्नु पर्ने किसानहरुले गुनासो गरेका छन
पशुपन्छि बिकास महाशाखाका प्रमुख तुलसी राम भण्डारीको स्वागत् मन्तव्य रहेको कार्यक्रममा भुमि ब्यवस्था तथा श्रोत नक्सान्कन महाशाखा प्रमुख अनिल मरासिनी , लुम्बिनी दुग्ध आयोजनाका प्रमुख योगेन्द्र शाह , सन्चारिका समुह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम कृषि ,खाद्य प्रबिधि तथा भुमि ब्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २०२२-०६-२९ , समय : ००:२२:२७ , २ वर्ष अगाडि