रुपन्देही खबर , १७४ पटक हेरिएको
दाङ, कार्तिक ८
दाङको लमहीस्थित राप्ती नदीको रैनियापुर घाटमा नुहाउने क्रममा तीन बालिकाको नदीमा बगेर मृत्यु भएको छ । बिहीबार दिउँसो राप्ती नदीको रैनियापुर घाटमा नुहाउने क्रममा एकसाथ तीन बालिका बगेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनु भएको छ ।
उहाका अनुसार लमही नगरपालिका वडा नम्बर–२ रैनियापुर निवासी सीताराम चौधरीकी छोरी झरना चौधरी, सोही स्थानका सन्तराम चौधरीकी छोरी निशा चौधरी र गढवा घर भइ लमही बस्दै आएका श्रीकान्त चौधरीकी छोरी कृष्टि चौधरीको मृत्यु भएको हो ।
मृतक तीनैजना बालिकाको उमेर १२ वर्ष रहेको छ । बालिकाहरूको उद्दार गरी उपचारका लागि लमही अस्पतालमा पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेका भुसालले बताउनु भयो ।
प्रकाशित मिति: २०२४-१०-२४ , समय : २०:५४:५३ , ४ हप्ता अगाडि