रवि लामिछानेलाई म्याद थप्न आज अदालत लगिँदै

रुपन्देही खबर , ६१  पटक हेरिएको

पोखरा, कार्तिक ८

सहकारी ठगी र संगठित अपराध अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि म्याद थप्न बिहीबार अदालत लगिँदैछ। अदालतले गत आइतबार दिएको समय आज सकिन लागेकाले थप समय माग गर्न अदालत उपस्थित गराउने तयारी गरेको कास्की प्रहरीका प्रवक्ता डिएसपी वसन्त शर्माले बताउनु भएको छ ।

लामिछानेलाई कार्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको थियो। जिल्ला अदालत कास्कीले आइतबार उनलाई पक्राउ परेको दिनदेखि गणना हुने गरी ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको थियो । अदालतले दिएको उक्त समयमा अनुसन्धान र बयान पूरा नभएकाले म्याद थप गर्न लागिएको प्रहरीले जनाएको छ। पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अवैध रुपमा गोर्खा मिडिया प्रा.लिमा लगेको भन्दै लामिछानेमाथि अनुसन्धान थालिएको हा े। लामिछाने गोर्खा मिडियाले चलाएको ग्यालेक्सी टेलिभिजनका पूर्व सञ्चालक तथा प्रवन्ध निर्देशक हुन्। ।

सहकारी ठगी र संगठित अपराधमै पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीलाई पनि आज म्याद थप गर्न अदालतमा उपस्थित गराइने भएको छ। जोशी गोर्खा मिडियाका पूर्वउपाध्यक्ष हुन्। उनलाई पनि सहकारीको पैसा टेलिभिजनमा लगेर अपचलन गरेको भन्दै उक्त अभियोग लागेको हो।

प्रकाशित मिति: २०२४-१०-२४ , समय : १०:२३:१६ , ४ घन्टा अगाडि