जुवातास खेलिरहेको अवस्थामा मायादेवी ८ बसडिलवाबाट पाँच जना पक्राउ

रुपन्देही खबर , ७५  पटक हेरिएको

भैरहवा,कार्तिक ७

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जुवातास खेलिरहेको अवस्थामा मायादेवी ८ बसडिलवाबाट आज  पाँच जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा भारत महाराजगंज घर भइ हाल मायादेवी ८ बस्ने ३९ बर्षिय मनोहर प्रसाद, सोही स्थान बस्ने ४४ बर्षिय अजय जयसवाल, भारतको मतिहारी घर भइ सल्यानको श्रीनगर बस्ने ३० बर्षिय जग्गु कुमार, ओमसतिया गाउपालिका वडा नम्बर ४ बस्ने ३८ बर्षिय रुपेश गुप्ता, सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बस्ने ४० बर्षिय मनोज जयसवाल रहेका छन ।

जिप्रका रुपन्देही तथा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका वडा नम्बर ८ बसडिलवाबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले जानकारी दिनु भएको छ ।

पक्राउ परेका व्यक्तिहरुको साथबाट ९० हजार रुपैयाँ र १ गडडी तास बरामद भएको प्रहरी नायब उपरीक्षक खनालले बताउनु भएको छ । पक्राउ परेका व्यक्तिहरुको उपर जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा जुवा सम्बन्धी कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-१०-२३ , समय : २१:०९:२६ , २ घन्टा अगाडि