कपिलवस्तुमा सरकारी वकिल र समुदाय बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

धनि राम कोरी , ५७३  पटक हेरिएको

ताैलिहवा , असार १४

कपिलवस्तु जिल्लाकाे सदरमुकाम ताैलिहवामा रहेको कपिलवस्तु बहुमुखी क्याम्पसमा ” अभियाेजनमा सुधार : फाैजदारी न्यायकाे आधार ” भन्ने मुल नाराका साथ सरकारी वकिल र समुदाय बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

 

अन्तरक्रिया कार्यक्रममा विद्यार्थी र वकिल बीच फाैजदारी मुद्दाको बारेमा छलफल , कुनै पनि घटना घटेपछि कुन ठाउँमा जाने जिल्ला प्रहरी कार्यालय कि जिल्ला सरकारी वकील कार्यालयमा , घटना घटेपछि सहि समय प्रहरी वा सरकरी वकिल कार्यालयमा सुचना र फाैजदारी मुद्दा भनेकाे के हाे ? भन्ने विषयमा विद्यार्थीहरु संग अन्तरक्रिया गरिएको छ ।

 

कार्यक्रममा बाेल्दै कपिलवस्तुका जिल्ला न्यायाधिवक्ता रत्न प्रकाश गिरीले सरकारी वकिल कार्यालयकाे मुख्य काम भनेकाे पिडितलाई न्याय दिलाउने अनि पिडाकलाई सजाय दिलाउने रहेको छ । पहिले कुनै व्यक्तिले घटना गर्‍याे अनि पिडकले सजाय पाएपछि भयो अनि अहिलेकाे व्यवस्था भनेकाे पिडकले सजाय पाउने अनि पिडितले छतिपुर्ती पाउने व्यवस्था रहेको कुरा जिल्ला न्यायाधिवक्ता गिरीले बताउनु भयो ।

उक्त कार्यक्रममा सहायक जिल्ला न्यायाधिवक्ता केशव न्याैपाने , कपिलवस्तु बहुमुखी क्याम्पसका प्रमुख डा. विनय पाण्डेय र अध्यापक जिवन मरासिनी लगायत विद्यार्थीहरुकाे सहभागीता रहेको थियो ।

प्रकाशित मिति: २०२२-०६-२८ , समय : २१:०७:१२ , २ वर्ष अगाडि