लुम्बिनी प्रदेशमा तीनजना नयाँ मन्त्री थपिए

रुपन्देही खबर , २८३  पटक हेरिएको

बुटवल, कार्तिक ७

लुम्बिनी प्रदेशमा तीनजना नयाँ मन्त्री थपिएका छन । मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीपरिषद् पुनर्गठन गरेको बारेमा प्रदेश प्रमुखलाई जानकारी दिदै सिफारिस गर्नु भएको हो । नेपाली कांग्रेस र नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा साउन ७ गते मुख्यमन्त्री बन्नु भएको मुख्यमन्त्री आचार्यले नेपाली कांग्रेसको तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पार्टिबाट बाँकेका आदेशकुमार अग्रवाललाई मन्त्रीको रुपमा सिफारिस गरेको उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले जानकारी दिनु भएको छ ।

 

सिफारिस भएका नयाँ मन्त्रीहरु नेपाली कांग्रेसका जन्मजय तिमिल्सिनालाई सामाजिक विकास, कांग्रेसका देवकरण कलवारलाई वन तथा वातावरण मन्त्रालय र जसपाका आदेशकुमार अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
साना दुई दलबाट एक एक जनालाई मन्त्री बनाउने भनिए पनि साना दलबाट एक जनालाई मात्रै मन्त्री बनाइएको छ । नवनियुक्त मन्त्रीहरुको बिहीबार बिहान ८ बजे प्रदेश प्रमूखको कार्यालय बुटवलमा शपथको लागि तयारी गरिएको छ ।

 

प्रकाशित मिति: २०२४-१०-२३ , समय : १९:५४:५६ , ४ घन्टा अगाडि