जसपा लुम्बिनी प्रदेशको कार्यबाहक अध्यक्षमा रामअवतार यादव

रुपन्देही खबर , ६०  पटक हेरिएको

भैरहवा, कार्तिक ६

जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशको कार्यवाहक अध्यक्षको जिम्मेवारी रुपन्देहीका रामअवतार यादवले पाउनु भएको छ । बिहीबार कपिलवस्तुको तौलिहवामा बसेको पार्टीको लुम्बिनी प्रदेश समितिको विस्तारित बैठकले यादवलाई प्रदेश कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको जसपा नेपालका पूर्व संघीय परिषद् सदस्य तथा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताउनु भएको छ  . जसपा नेपालका उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इञ्चार्ज राजकिशोर यादवको प्रमुख आतिथ्यतामा बिहीबार प्रदेश समितिको विस्तारित बैठक भएको हो ।

कार्यबाहक अध्यक्षको जिम्मेवारी पाउनु भएको रामअवतार यादव जसपा नेपाल लुम्बिनी प्रदेशको उपाध्यक्ष हुनुहुन्छ । जिम्मेवारी पाएपछि उहाले पार्टीको विधि र विधानमा रही जनताको पक्षमा काम गर्ने बताउनु भएको छ । उहाले पार्टीलाई अझ मजबुत बनाउन निरन्तर लागिपर्ने बताउनु भएको छ ।

प्रकाशित मिति: २०२४-१०-२२ , समय : ०५:३५:१६ , ७ घन्टा अगाडि