अपराध गरेको छ भने कानुनअनुसार अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

रुपन्देही खबर , १०८  पटक हेरिएको

काठमाडौं, कार्तिक ४

गृहमन्त्री रमेश लेखकले अपराध गरेको छ भने कानुनअनुसार अनुसन्धान हुने बताउनु भएको छ । उहाले अपराध गरेकाहरूले प्रहरीमाथि आक्रमण गर्ने प्रयास नगर्न सचेत गर्नु भएको छ ।

‘प्रहरीले संयमित भएर, सरल भएर, सहज भएर इमान्दार भएर नागरिकको, व्यक्तिको सेवा गर्ने र सेवा प्रदान गर्ने काम गर्नुपर्दछ । अर्को कुरा अन्याय गर्ने मानिसले पनि अन्याय गरिहाल्ने, त्यसपछि झगडा गर्न आउने काम पनि गर्नु हुन्न,’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले भन्नु भयो , ‘अपराध गरेको छ भने देशको कानूनले, पद्धतिले, प्रक्रियाले त्यसको अनुसन्धान हुन्छ ।’

गल्ती गरेर प्रहरीसँग जाइलाग्न नहुने पनि उहाले बताउनु भएको छ । ‘गल्ती गर्ने अनि प्रहरीसँग जाइलाग्ने, झगडा गर्ने अथवा मैले भनेको कुरा ठिक हो भन्ने ढगले जानु हुन्न,’ गृहमन्त्री लेखकले भन्नु भयो । ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा लागि विद्यालय तहमा बढी जोड दिएर सचेतना कार्यक्रमलाई अघि बढाउन आवश्यक भएको पनि उहाले बताउनु भएको छ ।

‘कहीँ कमजोरी हुन्छन्, त्यस्तो गर्ने मानिसलाई पनि सम्झाइबुझाइ गरेर प्रहरीले ठिक ढंगले सेवा दिनुपर्दछ,’ उहाले भन्नु भयो । गृहमन्त्री लेखकले सरकारले सुशासन मुख्य कामलाई प्रभावकारी बनाउन प्रविधिमा जोड दिएको पनि बताउनु भएको छ ।

(न्युज एजेन्सी नेपाल)

प्रकाशित मिति: २०२४-१०-२० , समय : १७:४०:०५ , २ दिन अगाडि