सुरक्षित बैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सुनवलमा सम्पन्न

पुरन अधिकारी , ५७९  पटक हेरिएको

सुनवल , असार १४

“स्वदेशमा नै रोजगारी गरौँ, बैदेशिक रोजगारीमा जाने नै भए सहि सुचना लिएर र सिप सिकेर मात्र जाऔँ “भन्ने नाराका साथ सुरक्षित आप्रवासन परियोजना सामीले सुनवल का जनप्रतिनिधि र कर्मचारी हरुसंग सुरक्षित बैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सुनवलमा सम्पन्न भएको छ।


सुनवल नगरपालिकाको नेतृत्व र सेवा प्रदायक सस्था ईन्द्रेणी समाजिक विकास मञ्चको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । ईन्द्रेणी सामाजिक विकास मञ्चका उपाध्यक्ष एवंम सामी फोकल पर्सन सावित्रि पौडेलको अध्यक्षता तथा सुनवल नगरपालिकाकी नगर प्रमुख विमला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले परियोजनाले बैदेशिक रोजगारको क्षेत्रमा सर्हानिय कार्य गरेको बताउदै यसलाई निरन्तरता दिनुपर्ने बताउनु भएको छ ।


साथै उहाँले आफुहरु नव निर्वाचित भएका र नगरमा यस अगावैका कार्यक्रमहरुको बारेमा आफु त्यती विज्ञ नभएकाले सरोकारवाला सङ्ग समन्वय गरि विस्तृत जानकारी लिने र नगरलाई बैदेशिक रोजगारीको क्षेत्रमा सुरक्षित र मर्यादित बनाउनका लागी नगरमा बैदेशिक रोजगारीको तथ्यांकहरु सकंलन गरि उनिहरुको हकहितका लागी थप निति निर्माण गर्ने समेत बताउनुभयो ।


सुनवल नगरपालिकाका वडा अध्यक्षहरु , कार्यपालिका सदस्यहरु लगायतका जनप्रतिनिधि सम्मिलित उक्त कार्यक्रममा इन्द्रेणी सामाजिक विकास मञ्चका कार्यकारी निर्देशक बद्री प्रसाद सुवेदी , सामी हेल्भेटासका कार्यक्रम अधिकृत जिया उल हक ,सामी परियोजना पश्चिम नवलपरासीका कार्यक्रम संयोजक ज्ञानेश्वर भण्डारी लगायतले सहजिकरण गर्नुभएको थियोे

 

कार्यक्रममा सुनवल नगरपालिका सुचना अधिकारी एवं प्रशासकीय अधिकृत मोहन ज्ञवाली ,रोजगार संयोजक शंकर पन्थी ,सब इन्जिनियर रेशम शर्मा ,इन्द्रेणी सामाजिक विकास मञ्चका सचिव होम राज कुवर ,कोषाध्यक्ष विमल घिमिरे ,सामीका परामर्शकर्ता रमा आले ,आप्रवासी परिवार हकहित मञ्चका जिल्ला अध्यक्ष रामु भुषाल एवं सामी परियोजना सुनवलमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन रिट्रनि पुरन अधिकारीले गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२२-०६-२८ , समय : २०:५८:३४ , २ वर्ष अगाडि