एसियन बुद्ध होटेल बसडिलवाको आयोजनामा भैरहवामा नृत्य प्रतियोगिता

सर्बेन्दर यादव , ११४  पटक हेरिएको

भैरहवा, असोज ३०

बालबालिकामा नृत्यकलाको थप प्रोत्साहन बढाउने उदेश्यका साथ सिद्धार्थनगर ८ बसडिलवामा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । एसियन बुद्ध होटेल सिद्धार्थनगर ८ बसडिलवा रुपन्देहीको आयोजना तथा नवदुर्गा पुजा समिती सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ बसडिलवाको सहयोगमा नाचगान प्रतियोगिता सम्पन्न भएको हो ।

सिद्धार्थनगर नगरपालिका भित्रका २२ जना बालबालिका बिच भएको नृत्य प्रतियोगितामा सिनपा ८ की गोमा कोइरी प्रथम, चेन्जल रेग्मी द्धितीय, मानवी सापकोटा तृतीय र गणेश पाण्डे सान्त्वना स्थान हासिल गर्नु भएको एसियन बुद्ध होटेल सिद्धार्थनगर ८ बसडिलवा रुपन्देहीका बोर्ड डाईरेक्टर तथा कार्यक्रम संयोजक सम्राट श्याम चौधरीले जानकारी दिनु भएको छ ।


नेपालीहरुको महान पर्व बिजयादशमीको अवसरमा सप्तमीका दिन आयोजित उक्त प्रतियोगितामा प्रथम हुनेलाई उनको घरपरिवारको ४ जना सदस्यलाई खाना कुपनमा २० प्रतिशत छुट, द्धितीय हुने परिवारका तीन जना सदस्यहरुलाई दिउसो नास्तामा २० प्रतिशत छुट, तृतीय हुनेको परिवारका २ जना सदस्यलाई बिहान नास्ता कुपनमा २० प्रतिशत छुट र सान्त्वना हुनेलाई  सात्वना पुरस्कार नगद तीन सय रुपैया सहित सम्मान गरिएको थियो ।

यस्तै गरी प्रथम हुनेलाई नगद रु एक हजार ५ सय, द्धितीय हुनेलाई एक हजार र तृतीय हुनेलाई नगद ५ सय रुपैया सहित सम्मान गरिएको एसियन बुद्ध होटेल सिद्धार्थनगर ८ बसडिलवा रुपन्देहीका संचालक जेपी सुवेदीले जानकारी दिनु भएको छ । उहाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने समेत बताउनु भएको छ । प्रतियोगितामा २२ जना बालबालिका सहित, बालबालिकाका अभिभावक, बुद्धिजिवी, समाजसेवी लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन जगन्नाथ न्यौपानेले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-१०-१६ , समय : ०७:०८:५१ , २ दिन अगाडि