युवा ब्यवसायी रबि जैसवालको पहलमा भैरहवामा विशाल भव्य भगवती रात्रीजागरण

उर्मिला यादव यात्री , ४४०  पटक हेरिएको

भैरहवा, असोज २६

श्री श्री सार्वजनिक दुर्गा पुजा समिती सिद्धार्थनगर भैरहवा रुपन्देहीले हिन्दुहरुको महानपर्व बिजयादशमीको अवसरमा शुक्रबार भैरहवामा विशाल भव्य भगवती रात्रीजागरण कार्यक्रम २०८१ सम्पन्न गरेको छ । श्री श्री सार्वजनिक दुर्गा पुजा समिती सिनपा ५ भैरहवाका अध्यक्ष रबि जैसवालको अध्यक्षता तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यतामा मां भगवती रात्रि जागरण कार्यक्रम २०८१ भब्य रुपमा सम्पन्न भएको छ ।

रात्री जागरणको उदघाटन गर्नुहुदै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्यालले तराइमा फरक फरक धर्म र आस्थाका मानिसहरुको बसोबास भए पनि एक अर्काको धर्म र संस्कृतीलाई सम्मान गर्नुपर्ने बताउनु भएको छ ।

सबैको बिचार धर्म प्रतिको आस्थालाई संबिधानले गोलबद्ध गरेर बिबिधता भित्र एकताको सुत्रमा आबद्ध गरेर बसेकोले नेपालीहरुको पहिचान नै फरक भएको बताउनु भएको छ । उहाले बिबिधतामा एकता हाम्रो इतिहास पनि भएकोले यसको जग पनि त्यसैमा अडिएको बताउदै हामी सम्पुर्ण नेपालीको भबिष्य पनि त्यसैमा निर्भर रहेको बताउनु भएको छ । उहाले आ आफनो धर्म संस्कृती, रितिरिवाज, संस्कार र परम्परालाई मान्दै गर्दा अन्तर धार्मिक सदभावलाई कायम राख्दै भैरहवाका युवाहरुले आफनो परम्परा र संस्कृतिको संरक्षणका लागी चालेका पाइलाहरु एकदमै सकरात्मक रहेको बताउनु भएको छ ।

श्री श्री सार्वजनिक दुर्गा पुजा समिती सिद्धार्थनगर भैरहवा रुपन्देहीका अध्यक्ष रबि जैसवालले यो जागरण हिन्दु धर्मावलम्बीहरुको महत्वपुर्ण परम्परा र संस्कृती भएको बताउनु भएको छ । उहाले आफनो धर्म र संस्कृतीको संरक्षणको लागी रात्री जागरणको आयोजना गरेको बताउनु भएको छ । उहाले स्थानियको साथ र सहयोग पाए आगामी दिनमा अझ ब्यवस्थित र भब्य तरिकाले गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।

कार्यक्रममा समितिका सल्लाहकार दिपक कौशलले यस अघि दशैं, तिहार, जन्माष्टमी लगायतमा भैरहवामा हुने गरेको श्रद्धालुहरुको उत्साहजनक सहभागीता र बजार चलायमान गराउने उद्देश्य सहित कार्यक्रमको आयोजना गरिएको बताउनु भएको छ । उहाले दशैं मात्र नभई यस पछि तिहार लगायतका पर्वमा समेत यस्तै प्रकारका कार्यक्रमहरुको तयारी रहेको बताउनु भयो । ।

कार्यक्रममा कार्यक्रम संयोजक तथा समितिका उपाध्यक्ष दिपेश गुप्ताको स्वागत मन्तब्य रहेको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठ, सिनपा वडा नम्बर ६ का वडाध्यक्ष बिरेन्द्र श्रीवास्तव, समितीका सल्लाहकार दिपक कौसल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन समितीका सचिव बिशाल श्रीवास्तवले गर्नु भएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षकक डिएसपी नबिन पौडेल, राष्ट्रिय अनुसन्धान रुपन्देहीका प्रहरी उपरीक्षक हरिष बहादुर बिष्ट, सशस्त्र प्रहरी बल उपरीक्षक आनन्द थापा , उद्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ, सिनपा वडा नम्बर ५ का वडा सदस्य सरस्वती श्रेष्ठ, किरण देवी सुनार, लगायत स्थानिय बुद्धिजिवी, समाजसेवी, सरोकारबाला ब्यक्तित्व लगायत स्थानियको उल्लेख्य सहभागिता रहेको थियो ।

यस्तै गरी रात्री जागरण कार्यक्रममा भारतीय कलाकारहरुको बेजोड प्रस्तुती, संगै झाकीको साथमा बिशाल रात्री जागरण कार्यक्रम गरिएको छ । कार्यक्रममा समाजमा बिभिन्न किसिमका योगदान पुरयाएका ब्यक्तित्वहरुलाई प्रशंसापत्रद्धारा सम्मान समेत गरिएको थियो । जागरण कार्यक्रममा सुरक्षा, आपतकालीन अवस्था लगायतबाट जुध्नका लागि मेडिकल टिम सहित एम्बुलेन्स, सिसिटिभी क्यामरा लगायतको व्यवस्था गरिएको थियो ।

प्रकाशित मिति: २०२४-१०-१२ , समय : ०९:५५:०८ , ६ दिन अगाडि