भैरहवामा दशैको रौनक फर्काउन लागी परेका युवा ब्यवसायी रबि जयसवाल

उर्मिला यादव यात्री , ६९७  पटक हेरिएको

भैरहवा, असोज २१

पछिल्लो समय बढदो शहरीकरण र बसाइसराइले गर्दा पहिलाको तुलनामा दशैको रौनक र मौलिकता हराउन थालेपछि भैरहवाका युवा ब्यवसायी रबि जयसवाल तथा मैत्रीपथका युवाहरु यसको संरक्षणमा लागी परेका छन ।

पहिला आफ्ना आफन्त नातेदार, दाजुभाइसँगै एकै ठाउँमा बस्थे र हरेक चाडपर्वमा जम्मा भई दुःख सुख साटासाट हुन्थ्यो । अहिले आएर अबसर र सुखद भविष्यको खोजीमा सुबिधा सम्पन्न ठाउँमा बसाइँ सर्ने प्रक्रिया तिव्र भएकोले आफ्ना र आफन्त बीचमा दुरी बढेकोले भैरहवाका युवा ब्यवसायी रबि जयसवालले दशैको रौनकता ल्याउन यहाका युवाहरुसंग समन्वय गरी सबैलाई एक ठाउमा जम्मा गर्ने उदेश्यका साथ विशाल भव्य भगवती रात्री जागरण संगै डाण्डिया नाइट कार्यक्रम गर्दै आउनु भएको छ । उहा भन्नुहुन्छ अहिलेको दशैं पहिलेकोझैं आत्मीय र सभ्य छैन । रमाइलोका नाममा रक्सी र मासुको व्यापार बढी भएको देखिन्छ । जसले गर्दा दशैंको त्यो रौनकता, आफन्तको सामिप्यता हराउँदै गएको छ । जुन दशैं हाम्रा बुवा आमाले मनाएको देख्यौं त्यसको महत्व हामीले अबका पुस्तालाई बुझाउन सकेनौं भने दशैंको असली रुप हराउँदै जानेछ । श्री श्री सार्वजनिक दुर्गा पुजा समिती अखाडा नम्बर २ सिद्धार्थनगर भैरहवाका अध्यक्ष समेत रहनु भएको जयसवालले बिजयादशमीको अवसरमा भैरहवामा विशाल भव्य भगवती रात्री जागरण संगै डाण्डिया नाइट कार्यक्रम गर्ने बताउनु भएको छ ।

नेपालीहरुको महान पर्व बिजयादशमीको अवसरमा यहि असोज २४ गते सप्तमी अर्थात फुलपातीका दिन भैरहवामा भब्य डाण्डिया नाइट कार्यक्रमको आयोजना गरिएको समितिका अध्यक्ष रवि जयसवालले जानकारी दिनु भएको छ । समाजमा छरिएर रहेका बिभिन्न संघसंस्था तथा समुदायका महिलाहरुलाई एकजुट गराउने र बिजयादशमीको शुभकामना आदानप्रदान गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको अध्यक्ष जैसवालले बताउनु भयो । श्री श्री सार्वजनिक दुर्गा पुजा समिती अखाडा नम्बर २ सिद्धार्थनगरको आयोजना तथा ड्रिम क्रिएसन इभेण्ट म्यानेजमेण्टको सहआयोजनामा भैरहवाको मिलनचोकमा साझ ७ बजेदेखी ९ बजेसम्म डाण्डिया नाइट कार्यक्रम आयोजना गरिएको समिती सचिव बिशाल श्रीवास्तवले जानकारी दिनु भएको छ । कार्यक्रममा रुपन्देही जिल्लाका ५ सय जना भन्दा बढी महिलाहरुको सहभागिता रहने आयोजकले जनाएको छ । यस्तै गरी यही असोज २५ गते शुक्रबार अष्टमीका दिन देखी नवमी सम्म ‘विशाल भव्य भगवती रात्री जागरण हुने पनि आयोजकले जनाएको छ ।

बिगत दूई बर्ष देखी विशाल भव्य भगवती रात्री जागरण गर्दै आएको यस समितीले पछिल्लो समय शहर बजारमा बिजयादशमीको रौनक हराउदै गएकोले यसलाई निरन्तरता दिन र यसको संरक्षणका लागी रात्री जागरण गर्दै आएको बताएको छ । गत वर्ष सबैको साथ र सहयोगले रात्री जागरण भव्य रुपमा सम्पन्न भएकोले यो बर्ष पनि कार्यक्रमलाई निरन्तरता दिन लागेको कार्यक्रम संयोजक तथा समितिका उपाध्यक्ष दिपेश गुप्ताले बताउनु भएको छ । उहाले रात्री जागरणमा सुरक्षाका लागि सिसिटीभी क्यामेरा, निःशुल्क स्वास्थ्य परीक्षण, एम्बुलेन्स लगायतको व्यवस्था रहने जानकारी समेत दिनु भएको छ ।

प्रकाशित मिति: २०२४-१०-०७ , समय : २२:२९:५९ , २ हप्ता अगाडि