कृष्णनगरमा जेष्ठ नागरिक र सरोकारवालाहरू संग छलफल कार्यक्रम सम्पन्न

रुपन्देही खबर , २६७  पटक हेरिएको

कृष्णनगर, असार १३

जेष्ठ नागरिक र सरोकार वालाहरूसंग एक दिने छलफल कार्यक्रम कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा सम्पन्न भएको छ ।

 

कृष्णनगर नगरपालिकाको आयोजनामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । जेष्ठ नागरिकको परिभाषा, जेष्ठ नागरिकको आवश्यकता , जेष्ठ नागरिक संग हुन सक्ने दुर्व्यवहार, जेष्ठ नागरिकका समस्याहरू, जेष्ठ नागरिकका समस्या समाधानका उपायहरू, जेष्ठ नागरिक लाई राज्यले दिएका सेवा सुबिधाहरू लगायतको बिषयमा कृष्णनगर नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा ३० जना भन्दा बढी जेष्ठ नागरिक तथा सरोकार वालाहरूको सहभागिता रहेको उक्त कार्यक्रममा उपाध्यायले जेष्ठ नागरिकको समस्याको लगायत छलफलमा उठेका सवालको सहजीकरण समेत गर्नु भएको थियो ।

 

जेष्ठ नागरिक भवन निर्माण, धार्मिक एवम् ऐतिहासिक स्थलको व्यवस्था, जेष्ठ नागरिक वडा स्तरीय समिति एवम् पालिका स्तरीय संजाल गठन लगायत सुझाव उपस्थित जेष्ठ नागरिकबाट आएको थियो।

प्रकाशित मिति: २०२२-०६-२७ , समय : १६:३३:०० , २ वर्ष अगाडि