सिसास द्वारा शुभकामना आदानप्रदान तथा २४९ औं मासिक साहित्यिक संगम सम्पन्न

रुपन्देही खबर , २२३  पटक हेरिएको

भैरहवा, असोज १९

सिर्जनशील साहित्यिक समाज (सिसास) भैरहवा रुपन्देहीले नेपालीहरुको महान पर्व बिजयादशमी, शुभ दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा संस्थाको २४९ औं नियमित मासिक साहित्यिक संगम सम्पन्न गरेको छ । संस्थाको अध्यक्ष सरु ज्ञवालीको अध्यक्षता तथा साहित्यकार सोनु गुरुङको प्रमुख आतिथ्यतामा आज एक कार्यक्रमका बिच शुभकामना आदानप्रदान तथा नियमित मासिक साहित्यिक संगम सम्पन्न भएको हो ।

कार्यक्रममा निर्बतमान अध्यक्ष कमल पोख्रेल निश्छ्लले संस्थाको हकहितका लागि १० हजार रुपैया सहयोग गर्ने घोषणा गर्नु भएको छ । संस्थाको सचिव रामराज गौतमले संचालन गर्नु भएको कार्यक्रममा प्राज्ञ बूँद राना , साहित्यकार रुद्र ज्ञवाली र गजलकार रमेश समर्थन, नारायण प्रसाद भण्डारी,राधा भट्टराई, सस्थाका पुर्व अध्यक्ष शशी पन्थी, सुवास रिजाल यात्री, राधा खरेल , निर्बतमान अध्यक्ष कमल पोख्रेल निश्छ्ल, साहित्य्कार तथा योग प्रशिक्षक लता प्रधान, उर्मिला यादव, मनिष बनिया, शान्ता अर्याल , अम्बिका पोखरेल, तुल्सीराम ढकाल, देबि न्यौपाने धिर, सावित्री घिमिरे ,हिमाल बरुवाल, दिपक प्रधान, डा.लक्ष्मी पोखरेल, सीता काफ्ले, यज्ञ लाल सुवेदी लगायतले दशै, तिहार, छठ पर्वको शुभकामना दिदै आ आफ्नो रचन प्रस्तुत गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-१०-०५ , समय : २०:५३:११ , २ हप्ता अगाडि