भैरहवामा विशाल भव्य भगवती रात्री जागरण २०८१ हुने

रुपन्देही खबर , ५१२  पटक हेरिएको

भैरहवा, असोज १७

रुपन्देहीको भैरहवामा ‘विशाल भव्य भगवती रात्री जागरण २०८१’ हुने भएको छ । श्री श्री सार्वजनिक दुर्गा पुजा समिति सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५, मैत्रीपथको आयोजनामा यही असोज २५ गते शुक्रबारदेखी ‘विशाल भव्य भगवती रात्री जागरण हुन लागेको हो । अष्टमी र नवमीको दिन भगवती रात्री जागरण हुने आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
श्री श्री सार्वजनिक दुर्गा पुजा समितिका अध्यक्ष रवि जयसवालले बिगत दूई बर्ष देखी विशाल भव्य भगवती रात्री जागरण गर्दै आएको जानकारी दिनु भएको छ । उहाले विगत २२ वर्षदेखि मैत्रीपथमा विजया दशमीको अवसरमा भव्य रुपमा दुर्गा पूजा हुँदै आएको तर पछिल्लो समय यो हराउदै गएकोले यसलाई निरन्तरता दिनका लागी रात्री जागरण गर्दै आएको बताउनु भयो । उहाले गत वर्ष सबैको साथ र सहयोगले रात्री जागरण भव्य रुपमा सम्पन्न भएकोले यो बर्ष पनि कार्यक्रमलाई निरन्तरता दिन लागेको बताउनु भयो ।

अध्यक्ष जयसवालले रात्री जागरणमा सुरक्षाका लागि सिसिटीभी क्यामेरा, निःशुल्क स्वास्थ्य परीक्षण, एम्बुलेन्स लगायतको व्यवस्था रहने जानकारी दिनु भएको छ । त्यस्तै असोज २४ गते बिहीबार सप्तमी को दिन साँझ ‘डांडीया नृत्य’ पनि हुने उहाले जानकारी दिनु भयो । कार्यक्रम गर्न करिब ९ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले बताएको छ ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले रात्री जागरणले सकारात्मक सन्देश दिने र पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने बताउनु भएको छ । उहाले यो कार्यक्रमलाई सफल बनाउन वडा र सिद्धार्थनगर नगरपालिकाको कार्यालयबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त समेत गर्नु भएको छ ।

समितिका सल्लाहकार सतिश कुमार कौसलले कार्यक्रमलाई भव्य र बृहत बनाउन समिति सक्रिय भएर लागेको बताउनु भएको छ । उहाले मिलनचोकदेखि राष्ट्रिय वाणिज्य बैंक अगाडिसम्म भव्य रुपमा दुर्गा पुजा गरिदै आएको र साँस्कृतिक कार्यक्रममा स्थानीयसँगै भारतीय कलाकारको प्रस्तुति हुने जानकारी दिदै कार्यक्रममा १ हजार ५ सय बढीको उपस्थिति हुने अपेक्षा गरिएको बताउनु भएको छ ।

लुम्बिनी प्रेस क्लब रुपन्देहीका महासचिव शंकर प्रसाद पाण्डेले धर्म संस्कृतिको जर्गेना गर्ने खालका कार्यक्रममा सञ्चार क्षेत्रबाट सहयोग रहने प्रतिबद्धता गर्नु भएको छ ।

कार्यक्रम संयोजक तथा समितिका उपाध्यक्ष दिपेश गुप्ताको स्वागत मन्तब्य रहेको कार्यक्रममा कार्यक्रममा वडा नम्बर ५ का वडासदस्य प्रेम नारायण गुप्ता,समितीका सदस्य गणेश ठाकुर, जयकिसन मोदनवाल, अतिथी जोसेफ कुवर, कार्यक्रम प्रचारप्रसार समितीका संयोजक सुनिल हलवाइ, समितीका सल्लाहकार निलम श्रेष्ठ, लगायतको सहभागिता रहेको थियो । भने कार्यक्रम संचालक सचिव बिशाल श्रीवास्तवले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-१०-०३ , समय : २२:१०:४९ , २ हप्ता अगाडि