क्षेत्रीय सभापतिलाई ज्ञापनपत्र,कृयाशील फाराम वितरणमा धाँधली गरेको आरोप

रन्जित शर्मा , २४७  पटक हेरिएको

नवलपरासी, असोज १५

नेपाली कांग्रेस पश्चिम नवलपरासीले क्षेत्र नं २ का क्षेत्रीय सभापतिले सदस्यता क्रियाशील फाराम वितरणमा धाँधली गरेको आरोप लगाउनु भएको छ। आज नेपाली कांग्रेस पश्चिम नवलपरासीले क्षेत्र नं २ क का सभापति यम प्रसाद भुसालको नेतृत्वमा क्षेत्रीय सभापति माधव पाण्डेलाई ज्ञापन पत्र बुझाउँदै यस्तो बताउनु भएको हो ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपरासीले गत साउन ६ गते बैठक बसी ४५ दिन भित्र नयाँ र पुराना  गरी कियाशिल फाराम भरेर तोकिएको शुल्क सहित बुझाउन र पुरानालाई कृयाशिल कार्ड समेत भरेर नविकरण गर्ने भनि बुझाएको फारम हाल सम्म वडा वडा सम्म नगएको ज्ञापन पत्रमा उल्लेख छ।

संघीय सभापति माधव पाण्डेले नेपाली कांग्रेसका विधान बमोजिम तहगत रुपमा फारम नबुझाएको र केहि ठाउमा पुरानो फारम मात्र बुझाएको भनि जिल्ला कार्यसमितिमा उजुरी परेको थियो। त्यस उजुरीको आधारमा जिल्ला कार्यसमितिले क्रियाशील फारम बुझाउन क्षेत्रीय कार्य समितिलाई पटक पटक पत्राचार गर्दा पनि संघीय सभापति माधव पाण्डेले आलटाल गरेको तथा म बुझाउदैन मेरो अधिकारको कुरा हो कसैले केहि गर्न सक्दैन भनि गैर जिम्मेवार अभिव्यक्ति दिएको कारणले वाध्य भएर ज्ञापन पत्र बुझाइएको बताउनु भएको छ ।

ज्ञापनपत्र बुझाउँदै प्रदेश क्षेत्रीय सभापति यम प्रसाद भुसालले ३ दिन भित्र नयाँ र पुराना गरी क्रियाशील फारमहरु र क्रियाशील कार्ड नबुझाए १७ गते देखि क्षेत्र नं.०२ को क्षेत्रीय कार्यसमितिको कार्यालयमा अनिश्चितकालिन ताला बन्दि गर्ने चेतावनी समेत दिनु भएको छ ।

प्रकाशित मिति: २०२४-१०-०१ , समय : २०:५८:०२ , २ हप्ता अगाडि