रोहिणी ७ मा निशुल्क बृहत आँखा जाँच स्वास्थ्य शिविर सम्पन्न

रुपन्देही खबर , १६७  पटक हेरिएको

भैरहवा, असोज १३

रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ७ मा शुक्रबार बृहत आँखा जाँच स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोहिणी गाउँपालिका स्वास्थ्य शाखा धकधई रुपन्देहीको आयोजना तथा नेपाल नेत्र ज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

रोहिणी गाउँपालिका–७ टिकरमा रहेको श्री सरस्वती आधारभूत विद्यालयमा भएको निःशुल्क शिविरमा २४० जनाको आँखा परीक्षण गरिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले जानकारी दिनु भएको छ । अध्यक्ष यादवका अनुसार आँखा परीक्षण गरिएकामध्ये ३९ जनामा मोतीयाबिन्दु पाइरहेको र सो को शल्यक्रिया (अपरेशन) निशुल्क हुनेछ ।

कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष यादवले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताउनु भएको छ । गाउँपालिकामा विभिन्न संघ–संस्थाहरुको सहकार्य र समन्वयमा शिविर सञ्चालन भएको र आगामी दिनमा पनि स्वास्थ्य शिविरहरुलाई निरन्तरता दिने बताउनु भएको छ ।

प्रकाशित मिति: २०२४-०९-२९ , समय : १७:३८:५४ , ३ हप्ता अगाडि