रुपन्देहीका १६ वटै स्थानिय तहहरुको घुम्ती बैठक रोहिणीमा सम्पन्न

रुपन्देही खबर , १३५  पटक हेरिएको

भैरहवा, असोज १३

जिल्ला समन्वय समिती र रुपन्देहीको १६ वटै स्थानिय तहहरुबिच घुम्ती बैठक रोहिणीमा सम्पन्न भएको छ । रोहिणी गाउपालिकाका अध्यक्ष बिद्या प्रसाद यादवको अध्यक्षता तथा जिल्ला समन्वय समिती रुपन्देहीका प्रमुख उमाकान्त चपाइको प्रमुख आतिथ्यतामा १८ औं घुम्ती बैठक सम्पन्न भएको हो ।

घुम्ती बैठकमा १६ वटै पालिका भित्र भएका समस्या र यसको समाधानका बारेमा छलफल गरिएको थियो । बैठकले जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईंको संयोजकत्वमा १३ सदस्यीय विज्ञ टोली गठन गरेको छ ।

समितिको सदस्यमा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, देवदह नगरपालिकाकी उपप्रमुख विद्या लक्ष्मी गुरुङ, ओमसतिया गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरी, मायादेवी गाउँपालिका शिक्षा शाखा प्रमुख नारायण प्रसाद लामिछाने, रोहिणी गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरे, शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रतिनिधि, प्याब्सन, एनप्याब्सन रुपन्देहीका प्रमुख तथा प्रतिनिधि, शिक्षक महासंघका प्रतिनिधि र अभिभावक संघका अध्यक्ष तथा प्रतिनिधि रहेका छन । समितिको सदस्य सचिवमा शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख माधव बन्जाडे रहनु भएको छ ।

बैठकमा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले घुम्ती बैठकमा भएको निर्णयमा सबैको अपनत्व हुनुपर्नेमा जोड दिनु भएको छ । उहाले ‘अघिल्लो बैठकको समीक्षा गर्दै कक्षा ११ र १२ मा बिहानी कक्षा सञ्चालन गर्ने निर्णय यसअघि गरेको बताउनु भएको थियो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बैठकका मुद्दा साझा भए जस्तै बुझाइ पनि साझा हुनुपर्नेमा जोड दिनुभएको छ । उहाले रुपन्देही छुट्टै पहिचान भएको जिल्ला भएकोले यसको पहिचान पनि छुट्टै हुनु पर्ने बताउनु भएको छ ।

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले शैक्षिक गुणस्तर सुधार गर्न र शिक्षा क्षेत्रको विकासका निम्ति लागिपरेको बताउनु भएको छ । उहाले पालिकाभित्रका सामूदायिक विद्यालयहरुमा प्रधानाध्यापक हेरफेर गरिएको बताउनु भएको छ ।

रोहिणी गाउँपालिकाका प्रवक्ता वीर बहादुर क्षेत्रीको स्वागत मन्तब्य रहेको कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र शर्मा, देवदह नगरपालिकाका प्रमुख धुव्र खरेल, उपप्रमुख विद्या लक्ष्मी गुरुङ, सिद्धार्थनगर नगरपालिकाका कार्यबाहक नगरप्रमुख सोम बहादुर गुरुङ, तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरी देवी चौधरी, गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौड्याल, ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जित कुमार यादव सोनु, कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठी, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, मायादेवी गाउँपालिकाका अध्यक्ष धु्रवनारायण चौधरी, शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्याल लगायतले बोल्दै आ आफनो पालिकामा भएका समस्या र समाधानका उपायहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
भने कार्यक्रम संचालन रोहिणी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीको सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा रुपन्देही जिल्लाका १६ वटा पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतका साथै सुरक्षा निकाय लगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति: २०२४-०९-२९ , समय : १०:४२:२५ , २ महिना अगाडि