आज हुने भनिएको सडक खाना महोत्सव बर्षाका कारण स्थगित

अर्को हप्ता असोज १८ र १९ गते भैरहवामा साझ ५ बजेदेखि हुने

रुपन्देही खबर , १६६  पटक हेरिएको

भैरहवा, असोज ११

आज देखि भैरहवामा हुने भनिएको सडक खाना महोत्सव एवमं सांगीतिक साँझ २०८१ स्थगित गरिएको छ । ४५ औँ विश्व पर्यटन दिवस र सिद्धार्थ होटल संघ नेपालको १८ औँ स्थापना दिवसको अवसरमा आजदेखि दुई दिन सम्म सडक खाना महोत्सव हुन लागेको थियो ।

महोत्सवको सम्पूर्ण तयारी समेत भइसकेको अवस्थामा निरन्तर वर्षाका कारण कार्यक्रम स्थगित गरिएको कार्यक्रम संयोजक विनोद खरेलले जानकारी दिनु भएको छ । आज सिद्धार्थ होटल संघ नेपालले एक सूचना जारी गर्दै वर्षाका कारण आज र भोली कार्यक्रम गर्न असमर्थ भएको जनाएको छ । सुचनामा भनिएको छ, ‘उक्त कार्यक्रम अर्काे हप्ता असोज १८ गते शुक्रवार र १९ गते शनिवारलाई सारिएको छ । उक्त दिन कार्यक्रम भैरहवा देवकोटा चोक क्षेत्रमा साँझ ५ बजेदेखि संचालन हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०९-२७ , समय : १९:००:०९ , ४ हप्ता अगाडि