ट्रकको ठक्करबाट भैरहवामा मोटरसाइकल चालकको मृत्यु

रुपन्देही खबर , २५१  पटक हेरिएको

भैरहवा, असोज १०

भैरहवाको बुद्ध चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको दोभान बस्ने अन्दाजी ५५ बर्षका हरि प्रसाद पान्डे रहेका छ्न ।

सिद्धार्थ राजमार्ग सडकको बुटवलबाट बेलहिया तर्फ जाँदै गरेको म. प्र. ०३००२ ख ०८३१ नं को ट्रकले सोही स्थान तर्फ जाँदै गरेको लु ८४ प ३३४५ मोटरसाइकल चालक पान्डेलाइ ठक्कर दिंदा घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०९-२६ , समय : २३:३७:४० , ४ हप्ता अगाडि