उर्मिला यादव यात्री , ७३ पटक हेरिएको
मर्चवार,असोज ८
रुपन्देहीको कोटहीमाइ गाउपालिकाले झुल बितरण गरेको छ । डेंगु ज्वरो रोगको रोकथाम र नियन्त्रणका लागी गाउपालिका भित्रका हरेक वडामा झुल बितरण भैरहेको गाउपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले जानकारी दिनु भएको छ ।
गाउपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने जेष्ठनागरिक, बिधवा तथा एकल महिला, अपाङगता भएका ब्यक्तिहरुलाई झुल बितरण हुदै आएको अध्यक्ष त्रिपाठीले बताउनु भयो । कोटहीमाइ गाउपालिका वडा नम्बर १ मा ५ सय ६० जना र वडा नम्बर २ मा ५२५ गरी एक हजार ८५ जनालाई झुल बितरण भैसकेको कोटहीमाइ गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश कुमार गौडले जानकारी दिनु भएको छ । यस्तै गरी भोलि बुधबार वडा नम्बर ३ मा झुल बितरण गरिने उहाले जानकारी दिनु भएको छ ।
झुल बितरण गर्दै गाउपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले बर्षायाममा लामखुट्टेको टोकाईबाट डेंगु फैलने भएकोले घरमा वा घर बाहिर जुनसुकै बेला पनि सर्तकता अपनाउन आग्रह गर्नु भएको छ । उहाले लामखुट्टेको टोकाईबाट बच्न स्थानीयहरुलाई झुल बितरण गर्दै घर वरपरी जम्मा हुने पानी, ढल तथा नालीहरुमा लामखुट्टेको बासस्थान हुने भएकोले ती स्थानहरु नियमित रुपमा सफा राख्नु पर्ने बताउनु भएको छ ।
बर्षाको समय बाढी पहिरो, महामारी रोग फैलिने सम्भावना भएकोले पनि घर वरीपरी सधै सफा राखी वातावरण्ण समेत स्वच्छ बनाउनु पर्ने जोड दिनु भयो । डेंगु तथा सर्पदंशको सम्भावना पनि सरसफाइको कमीका कारण हुने भएकाले घर वरीपरीको सफाईलाई हरेक ब्यक्तिहरुले प्राथमिकता दिनु पर्ने अध्यक्ष त्रिपाठीको भनाइ छ ।
झुल बितरण कार्यक्रममा कोटहीमाइ गाउपालिकाका उपाध्यक्ष सुशिला कुमारी यादव, कोटहीमाइ १ का वडाध्यक्ष राजेश तेली, वडा नम्बर २ का वडाध्यक्ष अमरनाथ यादव, वडा नम्बर १ र २ का जेष्ठनागरिक, बिधवा, एकल महिला लगायत स्थानिय बासिन्दाहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२४-०९-२४ , समय : २०:४६:३४ , २ महिना अगाडि