भन्सार छलेर ल्याउदै गरेको ६ लाख भन्दा बढीको सामान बरामद

रुपन्देही खबर , ४२  पटक हेरिएको

भैरहवा, असोज ६

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाको बिभिन्न स्थानबाट ६ लाख १० हजार तीन सय रुपैया बराबरको अबैध सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले आज बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी र पैठारी गरी ल्याउदै गरेको अवस्थामा जुत्ता ४८० जोर, मटर दाल ६२ बोरा,प्याज १७ बोरा ,चिनी ७ बोरा बरामद गरेको हो । बरामद गरेको सामान आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२४-०९-२२ , समय : २०:२१:४८ , १ महिना अगाडि