नेपाल मगर बिद्यार्थी संघको अध्यक्षमा राजेश सिंजाली

रुपन्देही खबर , ३४  पटक हेरिएको

बुटवल, असोज ६

नेपाल मगर बिद्यार्थी संघ रुपन्देहीको १६ औं अधिबेशन बुटवलमा सम्पन्न भएको छ। “सम्पुर्ण मगरहरु विद्यार्थीहरु एक हौं, शैक्षिक जागरण फैलाऔं” भन्ने नारा सहित भएको अधिबेशनले राजेश सिंजालीको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्य समिति निर्वाचित गरेको छ।

अधिबेशनबाट उपाध्यक्षमा विशाल गाहा मगर, सचिवमा टेक राना मगर, सह सचिवमा अमृत राना मगर र कोषाध्यक्षमा शिवानी थापा मगर निर्वाचित हुनु भएको छ। यस्तै अधिबेशनले सचिवालय सदस्यमा कल्पना थापा मगर सदस्यमा आयुष्मा रेश्मी मगर, जुनु घर्ति मगर, टेक गाहा मगर, मदन घर्ति मगर र यम रेश्मी मगरलाई निर्वाचित गरेको छ।

अधिबेशनको उदघाटन गर्दै नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिका अध्यक्ष चित्र पुलामी मगरले आफ्नो भाषा, कला, संस्कृति र पहिचानको मुद्धालाई बलियो बनाउन अध्ययन आवश्यक पर्ने बताउनु भएको छ । कक्षा उत्तिर्ण हुनका लागि पढिने बिद्यालय पाठ्यक्रम मात्र होइन नेपालको इतिहासमा मगर जातीको भूमिका, संघर्ष र योगदानबारे इतिहास र राजनैतिक अध्ययन गर्न समेत जरुरी रहेको बताउनु भएको हो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएको पुलामीले मगर समुदाय शैक्षिक रुपमा शिक्षित भएपनि शैक्षिक र राजनैतिक रुपमा सचेत हुन नसक्दा जनसंख्यामा ६ प्रतिशत भन्दा बढी भएको मगर जाती बिदेशी नोकर बनिरहेको बताउनु भएको छ । यदि राज्यका हरेक अंगहरुमा मगर जातीको उपस्थिति जनाउने हो भने शैक्षिक, राजनैतिक र कुटनीतिबारे अध्ययन गर्नु जरुरी रहेको बताउदै केन्द्रिय अध्यक्ष पुलामीले हरेक मगर बिद्यार्थीहरुले विद्यालय पाठ्यक्रमसंगै राजनैतिक रुपमा सचेत हुन आवश्यक र
रहेको उल्लेख गर्नु भयो । उहाले हरेक मगरहरुमा शिक्षाको महत्वबारे व्यापक प्रचार गर्न आग्रह गर्नु भएको छ ।

कार्यक्रममा नेपाल मगर संघका पुर्व केन्द्रिय उपाध्यक्ष तथा सल्लाहकार प्रकाश रानाले हिजोको समयमा आफ्नो जातिय अस्तित्व र पहिचानका लागि संघर्ष गर्नु पर्ने अवस्था थियो भने अहिले संघर्षको तरिका र मुद्धाहरु फरक भएको  बताउनु भएको छ । नेपाल मगर बिद्यार्थी संघ रुपन्देहीका पुर्व सचिव समेत रहनु भएका रानाले अवको संघर्ष शिक्षा र राजनीति भएकोले मगर विद्यार्थीहरुले शिक्षा संगसंगै राजनैतिक रुपमा सचेत भएर आफ्नो अधिकार कहाँबाट कसरी कब्जा गर्ने भन्नेबारे लडाइमा लाग्न जरुरी रहेको बताउनु भयो।

कार्यक्रमम नेपाल मगर संघ, रुपन्देहीका उपाध्यक्ष थर्क बहादुर बाह्रघरे, नेपाल मगर युवा संघ रुपन्देहीका अध्यक्ष हेमन्त बुढाथोकी, नेपाल मगर संघ बुटवलका अध्यक्ष बसन्ती साठीघरे, नेपाल आदीवासी जनजाती महासंघ समन्वय परिषदका सल्लाहकार शंकर गाहा, युवा नेता डि.वी थापा, नेपाल मगर संघ रुपन्देहीका सल्लाहकार प्रेम गलामी, नेपाल मगर युवा संघ केन्द्रिय महासचिव राम बहादुर अस्लामी, लुम्बिनी प्रदेश सचिव सन्जिव थापा लगायतले मगर युवा बिद्यार्थीहरु शैक्षिक र राजनैतिक रुपमा सचेत र कुटनैतिक रुपमा अब्बलता कायम गर्न सामाजिक, राजनैतिक, आर्थिक, सांस्कृतिक र इतिहासको अध्ययन गर्न जरुरी रहेको बताउनु भएको थियो । २०४६ पछि पटक पटक सरकारमा गएपनि देश र जनताको पक्षमा काम गर्नुको साटो देशका प्राकृति श्रोत साधन बेचेर देशलाई कंगाल बनाउदै आएका शासक दलहरुका बिरुद्ध मताधिकार परिवर्तन गर्नुको विकल्प नरहेको नेपाल मगर युवा संघ केन्द्रिय महासचिव राम बहादुर अस्लामीले बताउनु भएको छ। वक्ताहरुले शिक्षा र स्वास्थ्य राज्यको जिम्मेवारी रहेको समेत जिकिर गरेका थिए।
अधिबेशनमा नेपाल मगर विद्यार्थी संघ रुपन्देहीका अध्यक्ष रमेश सारु मगरले आफ्नो कार्यकालमा सहयोग गर्ने कार्य समितिका पदाधिकारीहरुलाई सम्मान गर्दै आगामी दिनमा मगर विद्यार्थीहरुमा शैक्षिक उजागर सहित राजनैतिक रुपमा सचेत गराउन नयाँ कार्य समिति सशक्त रुपमा अगाडी बढ्नमा बिश्वास ब्यक्त गर्नु भयो ।मगर विद्यार्थीहरुको अध्यक्षता, सचिव राजेश सिंजाली मगरको संचालन र सहसचिव टेक रानाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो।

प्रकाशित मिति: २०२४-०९-२२ , समय : १९:५८:४१ , १ महिना अगाडि