लुम्बिनीमा विश्व शान्ती दिवस विभिन्न कार्यक्रम गरि मनाईयो

दिनेश प्रसाद लोध , ४४  पटक हेरिएको

लुम्बिनी,असोज ५

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरे पछि हरेक वर्ष संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रले यो दिवस मनाउँदै आएका छन् ।

लुम्बिनीमा Inner wheel district 350 को आयोजनमा विश्व शान्ती दिवस मनाइएको छ । कार्यक्रममा बोल्दै समिरा धोजुले विश्व शान्ति दिवसको अवसरमा शान्ति र सद्भाव व्यक्तिगत स्तरमा मात्र नभई अन्तर व्यक्तिगत र विश्वका सबै मानिसहरुमा शान्ति र सद्भाव कायम संसारभरि भैरहेको युद्ध र द्वन्द्वहरु मानवको लागि हानिकारक भएको बताउनु भएको छ। विश्व शान्ति दिवसले शान्ति हामी सबैका लागि महत्त्वपूर्ण भएको बताउदै विश्व शान्तितर्फ अघि बढ्नुपर्ने जोड दिनु भएको छ। उहाले समझदारी र भाइचारा सबै विश्वको मानव एक परिवारका सदस्य भएकोले सबैले एकअर्कासँग समझदारी र भाइचारा कायम राख्नु जरुरी देखिएको बताउनु भयो ।

कार्यक्रम आशा कुमारी श्रेष्टको आध्यक्षतामा Inner wheel district 350 को आयोजनामा कार्यक्रमका प्रमुख अतिथि समिरा धोजु , बिशिष्ट अतिथि सागर भन्ते , बिशिष्ट अतिथि लिलामाणी शर्मा, सविता दास, रिना तम्राराकार, मन्जु शाक्यले
विश्व शान्ती दिवसको अवसरमा बुद्धको महिमा बारे मन्तब्य राख्नु भएको थियो ।

विश्व शान्ती दिवसको अवसरमा लुम्बिनी शाक्य बुद्ध विहारहरुलाई नगर सहित र फलफुल , स्टेसनरी सामानहरु सहयोग गरेका थिए ।
शान्ती दीप बाट विभिन्न नाराको प्ले कार्ड लिएर लुम्बिनीको मायादेवी मन्दिर परिक्रमा गरि विश्व शान्ती कामनाका लागि लुम्बिनीमा विश्व शान्ती दिवस मनाइएको हो ।

प्रकाशित मिति: २०२४-०९-२१ , समय : २२:४६:४१ , १ महिना अगाडि