जनमत पार्टी रुपन्देहीद्वारा भैरहवामा विरोध प्रदर्शन

रुपन्देही खबर , ७३  पटक हेरिएको

भैरहवा, असोज ३

संविधान संशोधनको माग गर्दै जनमत पार्टी जिल्ला समन्वय समिति रुपन्देहीले बिहीबार भैरहवामा विरोध प्रदर्शन गरेको छ । सिद्धार्थनगर नगरपालिका–१२ स्थित युनिक बैंक्वेट अगाडिबाट सुरु भएको विरोध र्‍याली जनकपथ, नयाँसडक, देवकोटा चोक, शान्तिनगर हुँदै युनिक बैंक्वेटमा पुगेर समापन भएको थियो ।

र्यालीमा सहभागी जनमतका नेता कार्यकर्ताहरुले संविधान संशोधन गरौं, पूर्ण अधिकार सम्पन्न र स्वायत्त प्रदेश स्थापना गर, प्रदेशको सीमांकन सच्याउ, भाषिक तथा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर, सामाविक लोकतन्त्र कायम गर लगायतका नारा लगाउदै बिरोध प्रदर्शन गरिएको हो । विरोध प्रदर्शनमा पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवसहित नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । 

 

प्रकाशित मिति: २०२४-०९-२० , समय : ०१:२०:३३ , ४ हप्ता अगाडि